सिड्नीमा लप्पन छप्पन-२, अनुप विक्रम सिड्नी जाने

सिड्नीमा लप्पन छप्पन-२, अनुप विक्रम सिड्नी जाने


  • राजन घिमिरे

चलचित्र लप्पन छप्पन-२ अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन हुने भएको छ । नेपालमा प्रदर्शन भइसकेको यस चलचित्रले अष्ट्रेलियाको सिड्नीबाट प्रबास-प्रदर्शनको शुरूवात गर्न लागेको हो ।

यस चलचित्रका सिड्नीनिवासी कलाकार शक्ति श्रेष्ठले जानकारी दिएअनुसार लप्पन छप्पन-२ को सिड्नीको हर्सभिलमा रहेको इभेन्ट सिनेमा हलमा मे २१ शनिबार र मे २२ आइतबार का दिन सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमा हलमा विशेष प्रदर्शन हुनेछ ।

सिड्नीमा हुने यो चलचित्रको विशेष प्रदर्शनीमा सहभागी हुन चलचित्रका अभिनेता अनुप विक्रम शाही सिड्नी पुग्ने भएका छन् । एस पिपुल एण्ड भिसा सर्भिसेसमार्फत अनुपले भिसा प्राप्त गरेका छन् । ‘सिड्नीमा रहनुहुने नेपाली चलचित्रप्रेमीहरूका माझ बसेर लप्पन छप्पन-२ हेर्ने मेरो इच्छा पूरा हुने भएको छ’- अनुपले भनेका छन् ।

एक्शनपूर्ण यो चलचित्रमा सिड्नीमा रहेर कलाकारितामा लाग्दै आएका थुप्रै कलाकारहरूको अभिनय रहेको छ । शक्ति श्रेष्ठ, रन्जित राज वन्त, सुपर गरूङ र आना ढकाललगायतका सिड्नीबासीहरूको पनि यो चलचित्रमा अभिनय रहेको छ ।