रनवीरको ‘जयशभाइ जोडदार’ शनिबारदेखि नेपालमा

रनवीरको ‘जयशभाइ जोडदार’ शनिबारदेखि नेपालमा


  • राजन घिमिरे

बलिउड अभिनेता रनवीर सिंह अभिनित सिनेमा ‘जयशभाइ जोडदार’ नेपालमा पनि रिलिज हुने भएको छ । स्थानीय तहको निवार्चनका कारण सिनेमा हल बन्द हुने भएपछि सिनेमा शनिबारबाट मात्रै नेपाल रिलिजको तयारी भैरहेको वितरक सुनिल मानन्धरले जानकारी दिए ।

स्थानीय निर्वाचनको चटारो र कोरोना महामारीपछि बलिउड सिनेमाले नेपालमा राम्रो व्यापार गर्न नसकिरहेको बेला सिनेमाको कन्टेन्ट र रनवीरको नेपाल फ्यान फलोइङ्ग पनि राम्रो रहेकाले रिलिज गर्न लागेको वितरक मानन्धरले बताए । आगामी दिनमा यशराज फिल्मसको ब्यानरमा निर्माण भएका सिनेमा आफूले नै रिलिज गर्ने लागेको उनको भनाइ छ ।

सिनेमाका मुख्य अभिनेता रनवीर सिंहले पनि एक भिडियो जारी गर्दै नेपाली दर्शकलाई सिनेमा हेर्न आग्रह गरेका छन् । दिव्यांग ठक्करको लेखन तथा निर्देशन रहेको सिनेमामा शालिनी पाण्डे, बोमन इरानी, रत्ना पाठक शाह लगायतका कलाकारको अभिनय रहेको छ ।