९ जेष्ठ २०७९, सोमबार

आर्मीको महिला भलिबल टोलीलाई पहिलो एनभीए उपाधि

  प्रकाशित मिति
२४ बैशाख २०७९, शनिबार १२:१५


file photo

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियन्ससिपको महिलातर्फको उपाधि पहिलो पटक जितेको छ ।

शनिबार राखेप कभर्डहलमा आर्मीले फाइलनमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको छैटौं संस्करण आफ्नो नाममा लेखाएको हो । आर्मीले पुलिसलाई २५–१८, २५–२३, २५–२० को सेटमा पराजित गर्‍यो ।

उपाधिसँगै आर्मीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको पुलिसले तीन लाख रुपैयाँ प्राप्त गर्‍यो ।

यस्तै, तेस्रो स्थानमा रहन सफल एपीएफ क्लबले एक लाख ५० हजार रुपैयाँ पायो । आर्मी र पुलिसले चार खेलबाट समान नौ अंक जोडे पनि पहिलो सेट जित्दा पाएको अंकका आधारमा आर्मी च्याम्पियन बनेको हो ।

प्रतियोगितामा महिलातर्फ पाँच टोलीको सहभागिता थियो । आजै हुने पुरुषतर्फको अन्तिम खेलमा अहिले आर्मी र टिपटप हेल्प नेपालबीच प्रतिस्पर्धा भईरहेको छ ।


27
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिमबंगाल आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान बागमती

डम्बर निदाल, डडेल्धुरा डडेल्धुरा जिल्लामा आलु सुपर जोन कार्यालयका प्रमुखलाई किसानहरूले सम्मान तथा अभिनन्दन गरेका छन् । २०७३ सालदेखि जिल्लामा

विकाश रौनियार, धादिङ धादिङको गजुरी गाउँपालिका-२ मलेखु बजारमा दुई वटा ट्रकले एकसाथ मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ

नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले दुई