अष्ट्रेलियाको सिड्नीमा कबड्डी-४

अष्ट्रेलियाको सिड्नीमा कबड्डी-४


  • राजन घिमिरे

पछिल्लो समय प्रवासमा नेपाली सिनेमाको बजार बिस्तार हुने क्रम बढ्न थालेको छ । प्रवासमा रहेर नेपाली सिनेमा प्रदर्शनमा लागि पर्ने उत्साही युवाहरूले नेपाली सिनेमा प्रदर्शनमा देखाएको मोह र उमंगले साँच्चै विदेशमा नेपाली सिनेमा विधाले बलियो उपस्थिति जनाइरहेको छ ।

यसैबीच, नेपालबाहिर नेपाली चलचित्रको बलियो र राम्रो बजार मानिएको मुलुक हो अष्ट्रेलिया । नेपाली सिनेमालाई मन पराउने अष्ट्रेलियामा रहनुहुने नेपालीहरूको चाहलाई बुझेर हो र होइन होला इभेन्ट र नमस्ते इन्टरटेनमेन्टको आयोजनामा चलचित्र कबड्डी-४ प्रदर्शनको चाँजोपाँजो मिलेको छ । यतिबेला के स्वदेश के विदेश, सबैतिर प्रतीक्षारत चलचित्रको रूपमा लिइएको चलचित्र कबड्डी-४ सिड्नीमा प्रदर्शन हुने भएको छ ।

सिड्नीमा प्रदर्शन हुने यो चलचित्र कबड्डी–४ प्रदर्शनको एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेस र नेपोज ऐजुकेसन एण्ड भिसा सर्भिस प्रायोजक रहेको छ । एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेसका रोशन भट्टराईले जानकारी दिँदै चलचित्रको बारेमा भन्छन्- ‘यो चलचित्र सिड्नीको इभेन्ट सिनेमा हल बरूउडमा मे २७ र २८ अनि सिड्नीकै हर्सभिलको इभेन्ट सिनेमा हलमा मे २९ र ३० तारेखका दिन प्रदर्शन गर्दैछौँ ।’

भट्टराईले सिड्नीमा रहनुहुने नेपाली चलचित्रप्रेमी दर्शकहरूलाई कबड्डी–४ हेर्नको लागि आह्वान पनि गरेका छन् ।