कीर्तिमानी सगरमाथा आरोहीको बालविवाह रोकथाम अभियानले मूर्त रुप लिँदै

कीर्तिमानी सगरमाथा आरोहीको बालविवाह रोकथाम अभियानले मूर्त रुप लिँदै


विश्व कीर्तिमानी सगरमाथाआरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई ललितपुर जिल्लाबाट सुरुवात गरेकी छिन् ।

कल्पनाले गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा ललितपुरको गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापको सामुदायिक स्कुलहरुका विद्यार्थीहरुको साथै दनुवार बस्तीमा पुगेर सचेतना अभियानको थालनी गरेकी हुन् ।

कल्पनाले ती स्कुल र बस्तीमा पुगेर बालबाविवाहका विषयमा जानकरी दिनुका साथै उनले बालविबाहका नकारात्मक पक्षहरुका विषयहरुमा बताइन् र बालविवाह नगर्न ∕ नगराउन आग्रह गरी जनचेतना जगाएकी हुन् । सगरमाथा आरोहरणका क्रममा २०७६ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको बालविवाह रोकथाम अभियान गर्ने कुरा उनले सगरमाथाको चुचुरोबाट उद्घोष गरेकी थिइन् ।

नेपालको अन्य अल्पसंख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । नेपालको वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार अधिराज्यभर दनुवारहरुको संख्या ८४ हजार एक सय १५ रहेका छन् ।

नेपालको काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरड, सुनसरी, रौतहट मकवानपुर, सर्लाही आदि जिल्लाहरुमा दनुवारहरु बसोबास गर्दै आएका छन् ।

सर्वोच्च शिखर सगरमाथाको दुबै मोहोडा नेपाल दक्षिणीतर्फबाट (सन् २०७५ जेष्ठ ९ गते) उत्तरी मोहोडा (तिब्बततर्फबाट सन् २०७६ जेष्ठ ९ गते) का दिन सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको विश्व कीर्तिमान रच्न कल्पना सफल भएकी थिइन् ।

ललितपुर महानगरपालिका स्थापना भएको १००औं दिन तथा वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १००औं जन्मोत्सवको उपलक्ष्यमा कल्पनाले सर्वोच्च शिखरबाट नगरपालिको लोगोअंकित र जोशीको फोटोअंकित झन्डा सर्वोच्च शिखरको सगरमाथामा फहर्‍याएका थिइन् ।

एक्स्पेरियन्स आउटडोर्स नेपालको ब्यवस्थापनमा भएको सगरमाथा आरोहणको सिलसिलामा बोकेको नारा ुशिक्षाको माध्यबाट बालबिवाह रोकथाम अभियान २०१९ु वि.सं. २०७५ जेष्ठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाबाट उद्घोष गरेकी थिइन् । यो अभियान कीर्तिमानी सगरमथा आरोही कल्पनाले संस्थाका थप साझेदार सामुदायिक विद्यालयहरुमा प्रभावकारी ढंगले अघि बढाउने बताएकी छन् ।