बढी महत्त्वाकाङ्क्षाले भ्रष्ट तुल्याउँछ- डा. चन्द्रमणि अधिकारी

बढी महत्त्वाकाङ्क्षाले भ्रष्ट तुल्याउँछ- डा. चन्द्रमणि अधिकारी


‘नाम र दामको पछि नलाग्ने मानिस नेपाली समाजमा सायदै भेटिन्छन् । नामका लागि वास्तविक नामको पछाडि अनेक फुर्का जोडेर परिचय दिन रुचाउनेहरू यहाँ थुप्रै भेटिन्छन् भने दामकै भरमा आफूलाई चर्चामा ल्याउन चाहने र त्यो चाहनामा सफलता पाएकाहरू पनि प्रसस्तै छन् । तर, त्यो क्षणिक मँत्र हुन्छ भन्ने ख्याल राख्नेचाहिँ सायद निकै कम छन् । दाम भइन्जेल नामको चर्चा हुन्छ, जब दाम सकिन्छ उसको नाममा पनि खडेरी लाग्न सक्छ । तर्सथ, मानिसले नाम र दामको होइन सबैभन्दा पहिले कामको मतलब गर्नुपर्छ । यदि असल काम गर्दै आएको छ र परिश्रमी पनि छ भने उससँग नाम र दाम दुवै एकैसाथ प्राप्त हुन सक्छ,’ आर्थिक विश्लेशक डा. चन्द्रमणि अधिकारीको धारणा हो यो ।
५० वर्षअघि काभ्रेको मनकामना गाविसमा एक साधारण किसान परिवारमा जन्मनुभएका डा. अधिकारीले नेपाली समाजमा बेग्लै परिचय बनाउनुभएको छ । नाम र दामको पछिलागेको भए सायद आज त्यो परिचय, सम्मान अनि चर्चा पाउन मुस्किल पथ्र्यो । आर्थिक विश्लेषक तथा अनुसन्धानकर्ता व्यक्तिहरूको नाम लिनुपर्दा डा.अधिकारीको नाम पनि अग्रपङ्क्तिमै आउँछ ।
सानैदेखि पढाइमा अत्यन्तै तीक्ष्ण अधिकारीले चार वर्षको उमेरमै कक्षा दुईको अध्ययन गर्नुभएको थियो । तर, विविध कारणले उहाँको परिवार काभ्रेबाट बसाइँ सरी तराई झरेपछि भने उहाँको पढाइ बीचमा केही समयका लागि अवरुद्ध हुन पुग्यो । नयाँ ठाउँमा गएपछि त्यहाँको वातावरण, रहनसहन बुझ्न र मानिसहरूसँग घुलमिल हुन कम्तीमा पनि एक वर्ष लाग्यो । तथापि, तराई बसाइँ सरेको एक वर्षपछि अर्थात् ६ वर्षको उमेरमा कक्षा चारमा भर्ना भएर उहाँले पढाइलाई सुचारु गर्नुभयो । त्यतिबेला अहिलेको जस्तो विद्यालय नभएकाले पढाइमा निकै कठिनाइ व्यहोर्नुपथ्र्यो । अधिकारी भन्नुहुन्छ, ‘भएका विद्यालय पनि घरबाट निकै टाढा थिए, त्यो पनि समुदायले नै सञ्चालन गरेका । समुदायले नै सञ्चालन गरेका विद्यालयमा न बस्ने उपयुक्त स्थान थियो न त राम्रा शिक्षक नै । तैपनि हामीले मिहिनेतका साथ जुटको बोरामा बसेर अध्ययन गर्‍यौँ । त्यसरी मिहिनेतका साथ अध्ययन नगरेको भए आजको स्थानमा आउन सकिँदैनथ्यो होला ।’
रौतहटको सन्तपुर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्नुभएका अधिकारी वीरगञ्जको ठाकुरराम क्याम्पसबाट उच्च शिक्ष्ँाको संसारभित्र प्रवेश गर्नुभयो । उच्च शिक्षा ग्रहण गर्दै जाने क्रममा उहाँले विद्यावारिधि पनि गर्नुभयो । त्यसपछि ‘विकासोन्मुख देश नेपाल’मा उहाँको बेग्लै संसार सुरु भयो ।
त्यसो त विद्यावारिधि ग्रहण गर्नुअघि पनि डा. अधिकारी आफ्नो क्षेत्रमा चर्चामा नरहनुभएको होइन, तर त्यो सीमित थियो । जब विद्यावारिधि गरेर आफ्नो छुट्टै सिद्धान्त उहाँले प्रतिपादन गर्नुभयो, त्यसपछिको चर्चा बेग्लै रह्यो । डा. अधिकारीले आफूलाई सबैभन्दा अप्ठ्यारो लाग्ने विषय अर्थशास्त्रलाई आफ्नो प्रमुख विषय बनाउनुभएको थियो । आईकम पास गर्नेबित्तिकै बैंकिङ क्षेत्रमा रोजगारी पनि पाइहाल्नुभयो । कृषि विकास बैंकबाट जागिरे जीवन सुरुवात गर्नुभएका अधिकारीले पढाइ र रोजगारीलाई सँगै अघि बढाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘मेरो परिवार आर्थिक रूपमा सम्पन्न भएको भए सायद मैले पढाइकै बीचमा काम गर्ने थिइनँ ।’ परिवारमा जिन्सी सामग्री प्रसस्तै भए पनि नगदको सधंै अभाव रहन्थ्यो । पुराना कुरालाई सम्झँदै अधिकारी थप्नुहुन्छ, ‘पैसाको चरम अभाव भएकाले मैले एक दिन दिदीको थैलीबाट पैसा चोरेको पनि छु । आर्थिक अभावकै कारण दिनभर काम गर्नुपरे पनि बैंकको कामपछि बाँकी रहेको समय म पढाइमा नै बिताउँथेँ । कोठामा पुगेपछि अध्ययनमा बाहेक मेरो ध्यान अन्त जाँदैनथ्यो ।’ उहाँ अगाडि थप्नुहुन्छ, ‘बैंकको रोजगारीबाट आएको पैसामध्ये म केही घर्रखर्चमा र बाँकी आफ्नो अध्ययनमा प्रयोग गर्ने गर्थें । नेपालमा पढ्ने पुस्तक नपाइले भएकोले दिल्ली पुगेर किताब ल्याई पढ्ने गरेको थिएँ ।’ यसरी अध्ययन र बंैंकको रोजगारीलाई अधिकारीले बीस वर्ष निरन्तरता दिनुभयो । रोजगारीकै क्रममा सुरु गरिएको अध्यापन कार्यलाई पनि अधिकारीले सर्त्ताईस वर्ष निरन्तरता दिनुभयो ।
आफूभित्र ठूलो आकाङ्क्ष्ँा कहिल्यै नराख्ने अधिकारी काम गर्ने तर फलको आस नगर्ने व्यक्तिभित्र पर्नुहुन्छ । भन्नुहुन्छ, ‘मानिसले ठूलो आकाङ्क्ष्ँा राख्यो भने त्यसले उसलाई भ्रष्ट र दिशाहीन बनाउँछ ।’ त्यसो त काम गरेपछि अवश्य फल पाइन्छ भन्ने आत्मविश्वास छ उहाँमा । मानिसले सर्त्कर्मका साथ कुनै काम गर्छ भने त्यसबाट अवश्य मीठो फल प्राप्त गर्छ भन्ने मान्यता राख्ने अधिकारी सामाजिक कार्यमा समेत अत्यन्तै रुचि राख्नुहुन्छ । उहाँले आफू हर्ुर्केको, स्कुले जीवन बिताएको गाउँमा पुस्तकालय स्थापना गर्नुभयो । तत्कालीन पञ्चायती शासनविरुद्धको भूमिगत सङ्घर्षमा समेत अप्रत्यक्ष संलग्नता जनाउनुभएका अधिकारीलाई गाउँमा पुस्तकालय खोलेकै विषयलाई लिएर तत्कालीन शासकले ‘मोस्ट वान्टेड’ सूचीमा समेत राखेको थियो ।
रोजगारीको सिलसिलामा नेपालको अधिकांश स्थानको भ्रमण गरिसक्नुभएका अधिकारी सानैदेखि भ्रष्टाचारविरोधी अभियानमा समेत संलग्न हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, ‘स्कुलका शिक्षकबाट आर्थिक अनियमितता भएपछि त्यसको विरोधमा मलगायत केही साथी उत्रियौँ, यसक्रममा साथीहरूले केही शिक्ष्ँकलाई कुटे । भ्रष्टाचारविरोधी अभियानको नेतृत्व मैले गरेकाले त्यो सबै जिम्मेवारी मेरो थाप्लोमा आयो । त्यसपछि गाउँका तत्कालीन पञ्चहरू मेरोविरुद्धमा लागेका थिए ।’ आफू अहिले पनि भ्रष्टाचारविरोधी अभियानमा सक्रियताका साथ लागिरहेको दाबी गर्ने डा. अधिकारीका अनुसार भ्रष्टाचारकै कारण मुलुकको विकास हुन नसकेको हो । ‘लक्षित बजेटको २० देखि २५ प्रतिशत पनि सम्बन्धित निकायमा पुग्दैन भने कसरी नेपालको विकास हुन्छ ? जताततै चुहावट छ, अर्थतन्त्र दिनप्रतिदिन ओरालो लागिरहेको छ, मुलुक ऋणको चङ्गुलमा फसेको छ,’ अधिकारी भन्नुहुन्छ, ‘त्यसैले नेपालको प्रगति हुन नसकेको हो । देशको विकास गर्न आर्थिक अनुशासन हुनुपर्छ, दलका नेता तथा कर्मचारीमा काम गर्ने सोचमा परिवर्तन आउनुपर्छ, अनि मात्र नेपालको विकास हुन्छ ।’ दक्ष जनशक्तिको अभावले पनि नेपालको विकास हुन नसकेको अधिकारीको ठहर छ । उहाँ भन्नुहुन्छ, ‘नेपालको सबैभन्दा बलियो र सक्षम शक्ति नै जनशक्ति हो, त्यसको सही परिचालन गर्न सक्नुपर्छ, उनीहरूलाई सीप सिकाउन सक्नुपर्छ । त्यो कुरा नेपालको बजेटमा समावेश हुनुपर्छ ।’ नेपालका समकालीन अर्थ विश्लेषकहरूमध्ये पहिलो र उमेर एवम् बौद्धिकताका आधारमा आफू पाँचौँ वा छैठौँ स्थानमा रहेको अधिकारीको दाबी छ । १५ भन्दा बढी पुस्तक लेखिसक्नुभएका अधिकारीका पाँच सयभन्दा बढी विभिन्न लेखरचना पत्रपत्रिकामा प्रकाशित छन् ।
अर्थ विश्लेषक अधिकारीले बजेटसँग मिल्दोजुल्दो अर्थात् नमुना बजेट सालिन्दा सार्वजनिक गर्दै आउनुभएको छ । नेपाल आर्थिक तथा विकास अनुसन्धान परिषद् -नारेक) नामक गैरसरकारी संस्थामार्फत सरकारले आर्थिक बजेट प्रस्तुत गर्नु केही महिनाअघि सार्वजनिक गरिन्छ । नेपालमा निजीक्षेत्रबाट नमुना बजेट सार्वजनिक गर्ने कार्यको सुरुवात गरेकाले उक्त नमुना बजेटसँगै डा. अधिकारीको पनि चर्चा हुने गर्छ । व्यक्तिगत चर्चाभन्दा पनि त्यसले सरकारलाई केही हदसम्म सहयोग पुगेको विश्वास छ अधिकारीको । नमुना बजेटलाई सञ्चारमाध्यम तथा सरोकारवालहरूले पनि सकारात्मक रूपमा लिएको पाइन्छ । त्यसैले हुन सक्छ, यसको महत्त्व वर्षोनी बढ्दै गएको अनुभूति उहाँ गर्नुहुन्छ । सुरुका दिनमा नमुना बजेट सार्वजनिक गर्दा सरकारलाई काउन्टर दिने गरी गैरसरकारी निकायबाट बजेट सार्वजनिक भएको भनी निकै आलोचनासमेत नभएको होइन । तर, पछि आएर यसलाई सरकारप्रतिको काउन्टर नभई सहयोगीको रूपमा लिन थालियो र यसप्रतिको आमसोचाइ नै परिवर्तन भयो ।
नागरिक लगानी कोष सञ्चालक समितिका अध्यक्ष्ँसमेत रहेका डा. अधिकारीले नागरिक लगानी कोषलाई उद्देश्यअनुसारको प्रगतिपथमा लैजान निकै योगदान पुर्‍याउनुभएको छ । २७ अर्बभन्दा बढी नागरिकको रकम रहेको कोषले नेपालको आर्थिक प्रगतिको क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अधिकारीको भनाइ छ । कोषमा राम्रो काम गर्दागर्दै पनि सरकारको गलत निर्णयको सिकार आफू बन्न बाध्य भएको प्रसङ्गले भने अधिकारीलाई चिमोटेको छ । तर, सरकारले गलत गरे पनि अदालतले आफूलाई न्याय दिएकोमा सन्तुष्ट हुनुहुन्छ डा. अधिकारी । तर, अदालतको निर्णयलाई पूर्णता दिनेतर्फ भने अर्थ मन्त्रालयका अधिकारीहरूले अझै चासो नदेखाएकोमा अधिकारी
आर्श्चर्यचकित हुनुहुन्छ । -नवीन उप्रेती