विक्रमसम्वत् खारेजी प्रयास, गाई मारी गधा पोस्ने काम

विक्रमसम्वत् खारेजी प्रयास, गाई मारी गधा पोस्ने काम


०६८ पुस २० बुधबार घटना र विचार साप्ताहिकमा ‘विक्रमसम्वत् खारेजी प्रक्रिया सुरु’ शीर्षकमा समाचार प्रकाशित भएको छ, जसअनुसार प्रधानमन्त्री डा. बाबुराम भट्टराई इस्वी सम्वत् चलाउन ठाडो रूपले सक्रिय भएका छन् । उनको यस कदमबाट स्तब्ध नहुने सचेत नागरिक कमै होलान् । देशमा चलेका सम्वत्हरूका अतिरिक्त अन्तर्राष्ट्रिय ग्रेग्रोरियन सम्वत्बारे सरकारको धारणा स्पष्ट भएपछि मात्र समितिले कार्यादेश निर्माण गर्ने भन्ने पद्मरत्न तुलाधरको भनाइ पनि आयो भने त्यसपछि संस्कृतिमन्त्री गोपाल किरातीले एक कार्यक्रममा इस्वी सम्वत्लाई सरकारी कामकाजको सम्वत् बनाउने सरकारी सोचाइ रहेको जानकारी दिए । मुलुकमा व्यावहारिक रूपमा प्रचलित राष्ट्रियसम्वत् विक्रमसम्वत्को निरन्तरताका साथै राष्ट्रिय सम्वत् नेपाल सम्वत्लाई कसरी प्रचलन गर्ने भन्ने विषय ओझेलमा पारी इस्वी सम्वत्लाई सरकारी कामकाजका लागि प्रचलन गर्नेसम्बन्धी पत्र हालै गठित ‘सम्वत् अध्ययन तथा सुझाव कार्यदल’मा सम्मिलित महानुभावहरूलाई सरकारले दिएबाट देशमा नेपाल सम्वत्को भर्‍याङ केका लागि ठड्याइएको होला भन्ने बुझ्न गाह्रो परेन । कार्यदलले आफ्नो राय, सुझाव, धारणा इमानदारीका साथ पर््रदर्शन गर्नुको साटो सुरुमै इस्वी सम्वत्को प्रचलनबारे नै सरकारी धारणा अर्थात् ग्रिन सिग्नल पर्खनु एउटा सच्चा स्वाभिमानी नेपाली नागरिकका लागि असुहाउँदो कार्य त छँदै छ, यहाँनिर नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को स्तरमा सरकारी कामकाजका लागि कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषयले महत्त्वपूर्ण स्थान नपाउनुका साथै विक्रम सम्वत्लाई विस्थापित गर्ने तदारुकता अर्थात् सबभन्दा पहिले ग्रेग्रोरियन क्यालेन्डर कसरी बनाउने भन्ने विषयले नै स्थान पाउनुको अर्थ विक्रम सम्वत्लाई सरकारी कामकाजबाट खारेज गरेर सरकारले इस्वी सम्वत्लाई राष्ट्रिय स्तरमा प्रचलनमा ल्याउने तामझाम गरेको प्रस्टै हुन्छ ।
यतिबेला यहाँनिर एउटा सम्झना हुन्छ नेपाल सम्वत् राष्ट्रिय सम्वत्, न्हुँदंया भिन्तुना, भाषा म्वासा देश म्वाइ भनेर अग्रपङ्क्तिमा रही विभिन्न नाराजुलुस गरी ठूलो स्वरमा कराउनेहरूले नै नेपाल सम्वत् ११२९ नयाँ वर्षको अवसरमा वसन्तपुरमा इस्वी सम्वत्का लागि जोडदार वकालत एवम् माग गरेका थिए । तर, अहिले नेपाल सम्वत्को भूमि -छाती) मा टेकेर टाउकोमा गोली हान्नेसरह उनीहरू भन्छन्- नेपाल सम्वत्लाई व्यवहारमा ल्याउन असम्भवप्रायः छ ! उनीहरू यस्तो कर्ुतर्क किन गरिरहेछन् त्यसको कारण भने बताउन सक्दैनन् । अर्कोतर्फ, बिनाकारण विक्रमसम्वत् हर्टाई इस्वी सम्वत् चलाउनु भनेको गाई मारी गधा पोस्ने जस्तैको मर्ूख काम हो भन्दा अत्युक्ति नहोला ।
आजभन्दा करिब १४/१५ वर्षअघि डा. कमलप्रकाश मल्ल, पद्मरत्न तुलाधर, अमरमान जोशीलगायत केही महानुभावहरू नेपाल सम्वत् प्रचलनमा ल्याउनेबारे पटक-पटक गम्भीर छलफल गर्न मेरा पिताजी ज्योर्तिविद् कर्ीर्तिब्रह्मानन्द जोशीको निवास ललितपुरमा आउने गर्नुहुन्थ्यो र त्यसबेला जोशीजीले नेपाल सम्वत् प्रचलनमा ल्याउन कुनै किसिमको अप्ठ्यारो वा व्यवधान नभएको र सरकारले चाहेमा यसलाई सहजै प्रचलनमा ल्याउन सकिने कुरा बताउँदै एउटा साधारण मस्यौदासमेत तयार गर्नुभएको थियो । यो घटना झण्डै डेढदशक पुग्न लाग्यो । तर, यसबीचमा नेपाल सम्वत्को दिन मिति प्रयोग गर्ने, नेपाल सम्वत्लाई पुनः राष्ट्रिय मान्यता प्रदान गर्ने, राष्ट्रिय सम्वत्का रूपमा प्रयोग गर्ने र अब नेपाल सम्वत्लाई व्यावहारिक प्रयोजनका लागि राष्ट्रिय क्यालेन्डरमा प्रयोग गर्नेजस्ता शाब्दिक मिठाइ गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल हुँदै डा. बाबुराम भट्टराईको कार्यकालसम्म आइपुग्दा नेपाल सम्वत् त कता हो कता, अघोषित रूपमा विक्रम सम्वत्लाई समेत विस्थापित गर्दै इस्वी सम्वत्लाई आधिकारिक रूपमा सरकारी कामकाजका लागि मान्यता प्रदान गर्ने झेली चाँजोपाँजो बुनिएको थाहा पाउँदा सबैको मन रुने अवस्था सिर्जना भयो ।
नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रूपमा प्रचलनमा ल्याउने नेपाल भाषाभाषी -नेवार)हरूको वर्षौंदेखिको कसरतलाई साकार तुल्याउनुपर्ने बेलामा राष्ट्रिय स्वाभिमानलाई बिर्संदै विदेशी स्वार्थलाई पोषण हुने गरी इस्वी सम्वत् अँगाल्न खोज्नुले विक्रमसम्वत्लाई विस्तारै ओझेलमा राख्ने र नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को रूपमा प्रचलनमा नल्याई एउटा जनजातिको सम्वत् एवम् सांस्कृतिक सम्वत्को रूपमा मात्र सीमित गर्दै एउटा कुनामा थन्क्याउने चलखेल भएको महसुस हुन्छ । नेपालमण्डलका गौरवमय संस्कृत भाषालाई मृतभाषा भन्ने, राष्ट्रिय स्वाभिमानीका चिह्नहरू जस्तो कि, विश्वको एक मात्र हिन्दूराष्ट्रको दर्जा, राष्ट्रिय पोसाक दौरा वा मयलपोश सुरुवाल, राष्ट्रिय जनावर गाई, राष्ट्रिय सम्वत् नेपाल सम्वत् एवम् विक्रमसम्वत्लाई थन्क्याउनका लागि जनआन्दोलन भएको पक्कै होइन । जनआन्दोलनपश्चात् प्राथमिकतामा रहेका मुलुकका अन्य राजनीतिक सुधारका विषयहरू थुप्रै रहेको अवस्थामा नेपाल सम्वत् वा विक्रमसम्वत्ले के त्यस्तो अप्ठ्यारो पार्‍यो जसले हतारमा इस्वी सम्वत्को बर्ुइ चढिहाल्नुपर्ने अवस्था आयो ? इस्वी सम्वत् त अघोषित रूपमा आवश्यकतानुसार सबैले प्रयोग गरिनै आइरहेको स्थितिमा सरकारले अनावश्यक समय र धन खर्ची औपचारिक रूपमा राष्ट्रिय मान्यता वा घोषणासहित सरकारी कामकाजको सम्वत् भनिहाल्नुपर्ने जरुरी किन पर्‍यो ? कुनै पनि निहुँले गरिने सरकारको यो कार्य स्वाभिमानी नेपालीलाई स्वीकार्य हुने छैन ।
यदि र्टाई र सुटले राष्ट्रियता झल्किने र इस्वी सम्वत् लागू गर्दा तुरुन्तै देश विकासले तीव्र गति लिन्छ भन्ने हो भने अङ्ग्रेजी भाषा र डलरलाई क्रमशः राष्ट्रिय भाषा र राष्ट्रिय मुद्रा गर्दा अझ बढी तीव्रता लिने हो कि ? त्योभन्दा पनि अझ क्रिश्चियनहरू वा अङ्ग्रेजहरूलाई नै देश चलाउन ठेक्का दिए अझ झन् राम्रो हुने पो हो कि ? एउटा कुरो बुझ्नु के जरुरी छ भन्दा अङ्ग्रेजी शब्द र रहनसहनले मात्रै देश विकास हुने नभई प्रत्येक नेपालीले छातीमा हात राखेर सोच्नु जरुरी छ कि पहिले आप+mै अनुशासित भई सुध्रनुपर्‍यो र विकासको गतिका लागि आधुनिक विज्ञानका प्राविधिक विषयलगायत आवश्यक नैतिक शिक्षा पद्धति मुलुकमा अपनाउनुपर्‍यो । साथै, देशबाट ढिलासुस्ती, भ्रष्टाचारी, आपराधिक गतिविधि आदिलाई बढावा दिनुको सट्टा सो निर्मूल गर्नेतर्फ आवश्यक कडा व्यावहारिक नियम र कदम उठाउनुपर्‍यो । हालको जस्तो दलगत स्वार्थको भागबण्डामा नपरी राष्ट्रियतालाई अँगाल्नुपर्‍यो । एक राजा गए हजार राजा जन्मिए, आखिर जनताले भाँडभैलो र दुःखकष्टसिवाय के पाए –
यदि इस्वी सम्वत् प्रचलनको सम्बन्धमा चीन, जापान, कोरिया, थाइल्यान्ड आदि मुलुकको उदाहरण लिएको हो भने ती देशहरूमा हाम्रो मुलुकमा जस्तो गतेको प्रचलन नभएबाट बाध्यतावश इस्वी सम्वत्लाई नै अपनाउनु परिरहेको हो भन्ने बुझ्नु आवश्यक छ । त्यसैकारण आफ्नो देशको पहिचान मौलिक सम्वत् प्रायः उनीहरू सबैले बिर्सिसके । भारतमा शक सम्वत् हराउँदै गएको छ । अतः ती देशहरूसँग नेपाललाई तुलना गर्न मिल्दैन । यदि भारतकै चर्चा गर्ने हो भने पनि त्यस मुलुकमा हजारौँ वर्षसम्म मुसलमानको राज र अङ्ग्रेजहरूको उपनिवेशबाट मुक्त भए पनि अङ्ग्रेजको भूत कहिल्यै अन्त भएन, फलस्वरूप त्यहाँ ग्रेगोरियन क्यालेन्डरले स्थान पायो भने प्राच्यदर्शन, वैदिककाल एवम् सनातनदेखिको ऋषिमुनिहरूको देशमा हिन्दूसंस्कार र धर्मसमेत ग्रेग्रोरियन तारेखमा मनाउन बाध्य भइरहेको ज्वलन्त उदाहरण देखिरहेको अवस्थामा कहिल्यै फिरङ्गीहरू वा विदेशीको पोल्टामा नपरेको नेपाल मुलुक यस्तै चाला गर्ने हो भने कुनै दिन अघोषित रूपमा विदेशीको उपनिवेशमा परिणत नहोला भन्न सकिन्न र त्यतिवेला हामी नेपालीहरू रैती वा दास भएर बस्नुपर्ने हुन्छ । यसबाट के सङ्केत हुन्छ त भन्दा मुलुकमा विदेशी बिँडले तात्ने कथित नेपाली ताप्केको कारण देशलाई बर्बादीतिर डोर्‍याउने निश्चत छ । अतः हाम्रो हिमवत्खण्डको गौरवशाली र भाग्यमानी मुलुक जो कि कहिल्यै कसैको उपनिवेश बन्नुपरेन र आफ्नै रहनसहनको गते वा तिथिमा आधारित सम्वत्हरू प्रचलनमा छन्, यहाँ किमार्थ इस्वी सम्वत् चाहिन्न । अन्तर्राष्ट्रिय साल प्रचलनको हेतु मात्र इस्वी सम्वत् कामकाजी सम्वत् वा राष्ट्रिय सम्वत् हुन सक्तैन र हुनुहुँदैन पनि । यदि विदेशी दबाब छ भने त्यसलाई कूटनीतिक तवरले जवाफ दिन सक्नुपर्छ, सरकार यस्तै यस्तै कार्यका लागि हो ।
प्राचीन कथनअनुसार भारतमा चक्रवर्ती राजाले मात्र आफ्नो नाममा सम्वत् चलाउन पाउने व्यवस्था थियो । सोहीअनुसार राजा विक्रमादित्यले शकहरूलाई पराजित गरेपछि आफ्नो नाउँमा विक्रमसम्वत् चलाए । तर, उसबेलाको गणतान्त्रिक नेपालमा राज्यले प्राप्त गरेको स्वर्ण धनबाट सकलजनको ऋण मोचन गरी नेपाल सम्वत् फिरायो र सोही कारणले विद्वान् राजज्योतिषी सिद्धिवन्त जोशीको ज्ञान, सीप र अथक प्रयास एवम् शंखधर साख्वाको बौद्धिकतामा र राजा राघवदेवको कुशल राजनीतिले गर्दा नै शान्तपूर्वक अवतरण भएको नेपाल सम्वत्लाई सिद्धिवन्त जोशी शंखधरकृत् नेपाल सम्वत् भन्नुपर्ने हुन्छ । कारण, यदि सिद्धिवन्त जोशीसँग सीप नभएको भए वा उनले उद्योग नगरेको भए शंखधर साख्वाले स्वर्ण प्राप्त गर्ने अवस्था हुँदैनथ्यो र यदि सो धन राजाले प्राप्त गरेको भए सायद नेपाल सम्वत्को प्रचलन पनि हुँदैनथ्यो होला । अतः मुलुकको राष्ट्रिय नेपाल सम्वत् सिर्फउसबेलाका नेपाल मण्डलका नेपाःमिहरूको मात्र मौलिक सम्वत् नभएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका एवम् उत्तरको हिमाली क्षेत्रदेखि मधेस, पहाड एवम् दक्षिण तराईसम्ममा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिकको आफ्नो मौलिक सम्वत् हो । कारण, विश्वमा मुलुकको नामबाट प्रतिष्ठापित सम्वत् हाम्रै देश नेपालमा मात्र छ र यसले हाम्रो राष्ट्रिय गौरव सम्मान बोकेको छ । यही नै हामी सम्पूर्ण नेपालीको निधि, धर्म र सभ्यसंस्कृति हुुनुपर्छ । यस राष्ट्रिय नेपाल सम्वत्लाई भारतमा जस्तै धार्मिक र सांस्कृतिक क्षेत्रमा मात्र प्रयोगमा ल्याई सरकारीलगायत अन्य व्यवहारका लागि इस्वी सम्वत् लागू हुनुपर्छ भन्ने तर्क कसैकसैले दिने गर्छन्, तर सो उचित होइन । कारण, त्यसो भएमा विस्केट जात्रा, माघेसङ्क्रान्तिलगायतका परम्परागत गुठी, चाडपर्व, सनातनदेखिको प्रचलित व्यवहारमा कठिनाइ उत्पन्न हुनसक्छ र यसबाट विस्तारै नेपाल सम्वत्लगायत विक्रम सम्वत्लाई समेत अप्रत्यक्ष रूपमा ओझेलमा पारी कालान्तरमा विस्थापित गरेसरह हुन्छ अर्थात् गाई मारी गधा पोस्ने कार्य हुन्छ, जुन सैह्य हुन सक्दैन । संस्कृत भाषालाई मृतभाषा, गौहत्या र गौमांस खानुहुन्छ, अनि राष्ट्रिय मौलिक चिह्नहरूलाई मेटाउँदै र्टाई र सुटमा राष्ट्रियता देखाउन चाहनेहरूबाट नेपाल सम्वत्को चर्चा गर्नु अनि, नेपाल सम्वत्को भूमिमा टेकी विक्रम सम्वत्लाई विदेशी सम्वत् भन्दै इस्वी सम्वत्को गन्तव्यलाई अपनाउनु पनि नेपाल र नेपालीको मौलिकपन पक्कै होइन, हेक्का रहोस् ।
-दैवज्ञ कर्ीर्तिमदन जोशी
-संयोजक तथा प्रबन्धक, नेपाल पञ्चाङ्ग-पत्र)

सच्याइएको
-गत साता दावाँली समाजसम्बन्धी समाचारमा सम्मानित व्यक्तित्वहरूमध्ये सीमाविद् बुद्धिनारायण श्रेष्ठको नाम छुट्न गएको र ‘धितोपत्र बोर्ड’ हुनुपर्नेमा धितो बोर्ड र ‘कामुसचिव’ हुनुपर्नेमा कानुनसचिव भएकोले सच्याइएको छ । सं.)
पण्डितलाई राखी न्याय-इन्साफ गर्नु
बडामहाराजाधिराज पृथ्वीनारायण शाहको उपरोक्त उपदेश सम्झँदै गर्दा पङ्क्तिकारले जानकारी राखेको एउटा सान्दर्भिक कथाको प्रसङ्ग छ ।
५/६ दशकअघि कलकत्ताबाट समेत प्रकाशित हुने भारतको स्टेटमेन्ट अङ्ग्रेजी दैनिकमा छापिएअनुसार कलकत्ताको एउटा सेठको मृत्यु भई घरमा किरिया बसिरहेका थिए । सोही समयमा मद्रासमा एउटा किसानको छोराको पनि मृत्यु भएको थियो । त्यो किसानको छोरो आफ्नो घरपरिवार खोज्दै कलकत्ताको त्यही सेठको घरपरिवारकहाँ पुग्छ र मेरो घरपरिवार यिनै हुन् भनी दाबी गर्छ । सेठका परिवार अचम्म मान्दछन् । उनीहरूले सेठको हुलिया निज किसानसँग माग्दा उसले सेठको कोठाको वातावरण सबैको बयान गर्छ, तस्बिर कुन दिशातिर फर्काई झुन्ड्याइएको थियो, खाटको सिरानी कतापट्ट िथियो, त्यति मात्र होइन सेठको श्रीमतीको गोप्य अङ्गको चिह्नसमेत दुरुस्त बतायो । सेठका परिवार जिल्ल परे । विवाद बढ्यो, उच्च अदालतमा मुद्दा पेस भयो । अदालतका न्यायमर्ूर्तिहरू पनि बिलखबन्दमा परे । उनीहरूले महात्मा विद्वान् सन्त महन्तहरूसँग राय-परामर्श गरेर जीवात्माले चोला बदल्छ भन्ने ठहर गरी फैसला सुनाए, ‘सेठकी पत्नीले किसानलाई पति मान्नु या नमान्नुमा उनी स्वतन्त्र छिन् ।’ उनको नाबालक छोरा साबालक -१६ वर्ष) नपुगुञ्जेल उसको अंश राज्यको जिम्मामा रहनेगरी फैसलामा उल्लेख भएको थियो । उतिबेलै मनुस्मृति राजधर्मअनुसार पण्डितलाई साक्षी राखी शासन गर्न चार दशक पनि उमेर नपुगेका ३२ वर्ष मात्र पुगेका साधारण लेखपढ गरेका पृथ्वीनारायण शाहमा न्याय-इन्साफ गरी प्रजालाई सुखशान्ति दिलाउने गुण कसरी प्राप्त भयो होला ? कसरी प्रजाहरूमा हिन्दू संस्कृतिअनुसारको संस्कार विकास गरी नेपाली सभ्यता कायम राख्न खोजेको रहेछ भन्ने कुरा हृदयंगम गरी राष्ट्रिय एकता कायम गर्न व्यग्र राष्ट्रवादीहरूले पुस २७ गतेको दिन मुग्धकण्ठले उहाँको दूरदर्शी पदचिह्नको स्मरण गर्नु उत्तिकै सान्दर्भिक देखिन्छ ।
-दामोदर पौड्याल, झम्सिखेल-२, ललितपुर