हदबाट बेहदतिर -प्रेरणा श्रेष्ठ

हदबाट बेहदतिर -प्रेरणा श्रेष्ठ


विज्ञान तथा प्रविधिले मानवलाई आज सहज जीवन पद्धति प्रदान गरेको भए तापनि बढ्दो अमानवीय वृत्तिका कारण मानव आफूलाई सम्पूर्ण रूपमा सुरक्षित महसुस गर्दैनन् । २१औँ शताब्दीमा पनि यस विश्वमा जातीयता, देश, रंगभेद एवम् वर्गीय सङ्घर्षको समाचार अझै बढेको पाइन्छ । समयसँगै बढेको वर्गीय भेदभावले यो प्रश्न उठाउँछ कि कतै मानवबुद्धि विशालतातिर उन्मुख नभएर झन् सङ्कुचित घेराभित्र त सीमित हुँदै त छैन ? कुनै पनि जात, धर्म, वर्ग, रंग देशमा आधारित दृष्टि, भाव, कर्म अप्रिय नै हुन्छ र यससँग सम्बन्धित नमिठो इतिहास पनि साक्षी छ चाहे नाजीद्वारा ज्युजमाथि भएको व्यवहार होस् वा पश्चिमी मूलका गोरा व्यक्ति र अफि्रकी वा एसियाली मूलका काला व्यक्तिको भेदभाव होस् अथवा हिन्दू, मुस्लिम, इशाई धर्मसँग सम्बन्धित हिंसा होस् । वर्गीय मतभेद अहिले नेपालभित्रै पनि बढेको देख्न पाइन्छ, जस्तै पहाड, तराई वा कुनै जातीय सम्प्रदायको छुट्टै पहिचान वा स्वतन्त्र राज्यका लागि हुने सङ्घर्ष आदि । त्यस्तै राष्ट्रियताको नाममा सिरि्जत वर्गीय दृष्टिकोण पनि कम छैन । धनी र गरिब राष्ट्रका नागरिकलाई हेरिने दृष्टिकोण र ती विभेदका समाचार अझै पनि निस्कन्छन् ।
राष्ट्रियताकै आधारमा हुने भेदभावमा अहिले नेपाल-भारतको प्रसङ्ग पनि आउँछ । भारतमा कतैकतै नेपाली मूलका व्यक्तिलाई हुने व्यवहार, नेपाली सीमामा भारतीय अतिक्रमणजस्ता घटनाले अहिले नेपालमा पनि भारतविरोधी क्रियाकलाप र त्यससँग सम्बन्धित हिंसा बढेको देख्न सकिन्छ । यसरी अहिले सारा विश्वमा कुनै न कुनै कारणले बढेको वर्गीय शोषण र त्यसको विरोधले झन् गुह्य र खतरनाक रूप लिएको आभास हुन्छ । सामान्यतया वर्गीय विभेदको समाधानका लागि पीडित पक्षमा शोषक पक्षप्रति घृणाको विजारोपण हुन्छ र ‘अति’को समयमा यसले विस्फोटक रूप पनि लिन सक्छ । जुन विरोधको सुरुआत घृणा र कुण्ठित आक्रोशबाट हुन्छ त्यो विरोधले महायुद्धको परिणाम भोग्ने सम्भावना लिएको हुन्छ जसबाट पीडित र शोषक पक्ष दुवैको ठूलो नोक्सान हुन जान्छ । जब कुनै मनुष्य शोषण र दु:खको परिवेशमा बस्न बाध्य हुन्छ तब उसको विवेकमा नकारात्मक सोच वा घृणा उत्पन्न हुनु स्वाभाविक हो । तर, समस्याको सही समाधान कुनै पनि नकारात्मक वा घृणाभावबाट कहिल्यै हुँदैन । विश्वप्रसिद्ध हास्यकलाकार चार्ली च्याप्लिनले एकपटक भनेका थिए- विश्वमा युद्धहरूको मुख्य कारणमध्ये एक देशभक्ति पनि हो । यो भनाइ सिद्ध तब हुन्छ जब कुनै देशको नागरिक आफ्नो देशभक्ति देखाउन आफ्नो देशलाई फाइदा हुने काम त गर्छन् तर त्यसले अन्य छिमेकी देशलाई नराम्रो प्रभाव पार्छ जसकारण दुई देशबीच घृणा र युद्धारम्भ हुन सक्दछ । यस्ता उदाहरण विश्भरि सयौँ छन् । कुनैबेला चलेको हिन्दू-मुस्लिम युद्ध, दोस्रो विश्वयुद्धका बेला हिटलरको तानाशाही, अहिलेको इराक-अमेरिका लडाइँ आदि । यसरी आफ्नो मात्र वर्ग, देश, धर्मसँगको प्रेमसँगको प्रेम अन्धो र स्वार्थी हुन्छ, जसले अन्तत: हिंसामै टुंग्याउँछ । घृणा, हिंसाबाट कसैलाई दु:ख दिएर बनेको राज्यमा चिरशान्ति कहिल्यै हुन सक्दैन । आफ्नो मात्रै परिवार, समाज, वर्ग वा राष्ट्रसँगको प्रेमभन्दा पनि महान् वास्तवमा मानवतासँगको प्रेम हो । जसको प्रेम मानवसँग हुन्छ उसले स्वाभाविक रूपमा आफ्नो वर्ग र राष्ट्रको पनि हित नै गर्छ । यही सन्दर्भमा एउटा प्रसङ्ग यहाँ उल्लेख छ ।
ब्रह्माकुमारर्ीर् इश्वरीय विद्यालयको मुख्यालय राजस्थान भारतमा भएकोले त्यहाँबाट प्रकाशित हुने अनेकौँ पुस्तक, पेन, पोस्टर, प्रवचनलगायतका धेरै वस्तु हिन्दी भाषामा निस्कन्छन् । त्यसैले जब कसैलाई हिन्दी प्रवचनमा आमन्त्रण गरिन्छ अथवा हिन्दीमा प्रकाशित किताब, पोस्टर उपहार आदि दिइन्छ, तब हरकोहीले यसलाई भारतसँग सम्बन्धित सम्झेर सकारात्मक मान्दैनन् । यहाँ सोचनीय कुरा यो छ कि कुनै ज्ञानगुणका सकारात्मक पक्षलाई स्वीकार्ने बेलामा आफ्नो राष्ट्रियता याद आउँछ, तर कुनै हिन्दी फिल्म, गीत वा टीभी च्यानल आदिबाट मनोरञ्जन लिने अवस्थामा वा त्यहाँबाट सिकिने प्रवृत्ति, हिंसा, फेसनलाई स्वीकार्ने बेला आफ्नो राष्ट्रियताको कुरा किन उठ्दैन – सकारात्मक गुण लिनका लागि कुनै राष्ट्र, वर्ग, भाषा, देशलाई बाधक बनाउनु भनेको आफ्नो भाग्य बनाउने अवसर आफै गुमाउनु हो ।
वर्गीय दमनको समाधानका लागि नकारात्मक वा घृणाको विरोधात्मक शैलीले दीर्घकालको समाधान निकाल्न सक्दैन तर यस्तो परिस्थितिमा पनि सकारात्मक रहनका लागि यो समस्याको मूल कारण जान्नु आवश्यक हुन्छ । ब्रह्माकुमारर्ीर् इश्वरीय विश्वविद्यालयमा स्वयम् परमात्माले अहिले यस समस्याको वास्तविक कारण र त्यसको निवारणको बाटो स्पष्ट गरिदिनुभएको छ । जब हामी आफ्नो सत्य अस्तित्वलाई भुल्दछौँ त्यसपछि नै शरीरसँग सम्बन्धित भेदभाव उत्पन्न हुँदोरहेछ । तर्सथ यस विश्वविद्यालयको मुख्य शिक्षा नै आफूलाई सत्य रूपले चिन्नु र सङ्कुचित हदका विचारधाराबाट आफूलाई विशाल र बेहेद विचारधारातर्फ लैजानुमा केन्द्रित छ । परमात्माले हामीलाई यो बोध गराउनुभयो कि ‘तिमी आँखाले देखिने स्थुल शरीर होइनौ, तिमी एक चैतन्य शक्ति आत्मा हौ । भृकुटीको बीचमा तिमी आत्मा निवास गर्र्छौ र यो कर्मेन्द्रीय शरीरलाई चलाउँदछौँ । शरीर नश्वर छ, तिमी आत्मा अजर, अविनाशी छौ ।’ परमात्माले हाम्रो वास्तविक घरको बारेमा बताउनुभयो- ‘यो पृथ्वी, देश, स्थान त यही भौतिक शरीरको मात्र देश हो । यो तिमी आत्माको घर होइन, यो केवल कर्मक्षेत्र मात्र हो जुन परिवर्तन भइरहन्छ । त्रि्रो असली घर त यो र्सर्ूय, आकाश, ताराभन्दा पनि माथि अपार शान्तिको धाम हो जसलाई ब्रह्म वा परम्धाम भनिन्छ ।’ आत्माको असली सम्बन्धको बारेमा परमात्मा बताउनुहुन्छ, ‘तिमी आत्मा मेरो सन्तान हौ । म निराकार ज्योतिबन्दु शिव नै आत्माको परमपिता हुँ । यस अर्थमा तिमीहरू आत्मा-आत्मा एकआपसमा भाइ-भाइ हौ ।’ आत्माको सच्चा धर्मको बारेमा परमात्मा बताउनुहुन्छ, ‘त्रि्रो असली स्वधर्म नै शान्ति, प्रेम, पवित्रता हो ।’
जब परमात्माको यी महावाणीका बारेमा विचार गछौर्ं तब अनुभव हुन्छ कि जुन वर्गीय मतभेद मनुष्यले बनायो त्यो सम्पूर्ण रूपमा देहभान र देहअभिमानबाट सिरि्जत हो । जब ‘म एक चैतन्य आत्मा हुँ’ भन्ने भानलाई भुलिन्छ तब नै मनुष्य आफूलाई स्त्री वा पुरुष वा शरीरसँग सम्बन्धित जात, देश, धर्म, वर्गको आधारमा आफूलाई र अरूलाई हेर्छ । आत्मिक भान शारीरिक भानभन्दा पनि माथि उठेको अवस्था भएकोले हदको जात, धर्म, वर्गले यसलाई बाँध्न सक्दैन । तब हाम्रो स्वाभिमान आत्मिक स्थितिमा टिक्छ न कि हदमा र शरीरसँग सम्बन्धित नाम या रूपमा । यसरी जब हामीलाई आत्माको आफ्नो सच्चा घर परमाधामका बारेमा परिचय मिल्छ, तब हाम्रो शरीरको देश या स्थानसँगको महत्त्व मेटिन्छ र अनि कुनै पनि स्थानसँग सम्बन्धित लडाइँको केही औचित्य लाग्दैन । अनि जब आत्माको असली सम्बन्धको ज्ञान हामीलाई हुन्छ तब सर्वप्रति हेरिने दृष्टिकोण स्वत: भाइचाराको रहन्छ । ‘विश्वका सर्व आत्मा एकै परमात्माका सन्तान, हामी आपसमा भाइ-भाइ हौँ’ भन्ने वृत्तिले विश्वबन्धुत्वको वातावरण बनाउँछ । धार्मिक दृष्टिले आत्माको धर्म भनेकै शान्ति, सुख, प्रेम, पवित्रता आदि हो । यी कुराको ज्ञानले धर्मको नाममा हुने लडाइँ पनि समाप्त हुन्छ ।
यसरी आत्माको परिचय, ठेगाना, सम्बन्ध, धर्मको असली ज्ञानप्राप्त हुनासाथ यसलाई प्रयोगमा ल्याएमा देहसँग सम्बन्धित वर्गीय भेदभाव आफैं खत्तम हुन्छ । जब यो आत्माज्ञान र आत्मिक दृष्टि वृत्तिको अभ्यास गरिन्छ तब आत्माले अनुभव गर्छ कि वर्गीय दमनको मूलकारण कोही मनुष्य होइन रहेछ तर यसको मूल कारण मनुष्यभित्रै अवस्थित देह-अभिमान र विकार रहेछ । यो विकारको नाश मनुष्य वा वर्गको नाश गरेर हुँदैन । मनुष्यले अन्जानमै आफ्नो शत्रु अर्को वर्गको मनुष्यलाई बनायो जब कि वास्तविक शत्रु मनुष्यभित्र रहेको विकार हो । जबसम्म यो अनुभव आत्माले गर्दैन तबसम्म ऊ बाह्य जगत्मै आफ्नो शत्रु खोज्दै हिँड्छ र एक-अर्कालाई नाश गर्न पछि पर्दैन । त्यसैले अबको समयको पुकार भनेकै आत्मा-अनुभूति र आपसी आत्मिक व्यवहार हो ।
परमात्माको अब यही इशारा छ कि ‘अब शरीर र शरीरसँग सम्बन्धित हदका वर्ग, जात, वस्तु, देश, धर्म, सम्बन्ध सबलाई भुली आफूलाई एक चैतन्य आत्मा सम्झ र आपसमा आत्मिक दृष्टि बनाऊ । बेहदको विशाल दृष्टिकोण बनाऊ र सारा विश्वलाई एक परमात्माको बेहदको परिवार सम्झ । अब यो भूमि छाडेर आत्माको असली घर परम्धाम फर्कने बेला भएको छ, त्यसैले सच्चा स्वधर्ममा टिक । हदको जात, वस्तु, देश, धर्म सब विनाशी छन्, अपार सुख शान्ति बेहदको स्वस्थिति, स्वधर्म र सम्बन्धमा नै हुन्छ । त्यसैले अब आफूलाई हदको ममत्वको घेराबाट मुक्त गरी बेहदको दृष्टिकोण बनाए मात्र विश्वमा शान्ति सम्भव छ ।