९ जेष्ठ २०७९, सोमबार

एमाले रौतहट अध्यक्षमा साह चयनको घोषणा, गिरि पक्षले भन्यो- ‘एकलौटी कमिटी अवैध हो’

  प्रकाशित मिति
३ माघ २०७८, सोमबार ०३:३०


रौतहटमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा जिल्लाको नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह गरेको छ ।

साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निर्वतमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेको हो ।

एमाले नवौँ जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो । तर, गिरिले ‘अध्यक्षमण्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध’ भनेका छन् ।

‘अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन, सोमबार दिउँसो ११ बजे गरुडा पार्टी कार्यलयमा उपस्थित हुनुहुन सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु’, नयाँ कमिटी घोषणाअघिसम्म अध्यक्ष रहेका गिरिले आह्वान गरेका छन् ।

तर, प्रभुले भने अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दिपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको जानकारी दिएका छन् ।


135
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९

भारत जम्मू कश्मीरको रामवन जिल्लामा जम्मू-श्रीनगर राष्ट्रिय राजमार्ग-४४ मा निर्माणाधीन सुरुङमा भएको दुर्घटनामा दुई नेपालीसहित दश जनाको मृत्यु भएको छ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा