आजको पञ्चाङ्ग एवम् राशिफल (३ माघ २०७८ सोमबार, १७ जनवरी २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (३ माघ २०७८ सोमबार, १७ जनवरी २०२२)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ शिशिर ऋतु वि.सं. २०७८ माघ ३ गते सोमबार तद्अनुसार सन् २०२२ जनवरी १७ तारिख पौष शुक्लपक्ष पूर्णिमा तिथि पुनर्वसु नक्षत्र वैधृति योग भद्रा करण आनन्दादिमा धुम्र योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः३१ मा हुनेछ । पूर्णिमा व्रत, श्रीस्वस्थानी व्रत सुरु, माघस्नान सुरु ।

आजको राशिफल

मेष – पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सार्थक कार्यमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्नेछ । व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

वृष – प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपर्ने समय छ । विछोडिएका आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनमा रमाउने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटले आनन्द दिलाउनेछ । धन वृद्धि हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछन् ।

मिथुन – पछिसम्म फाइदा हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा मनग्य लाभ हुनेछ । स्वास्थ्यमा विशेष ध्यान राख्नुपर्ला । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन् । शुभता बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । शुभता र यात्रासित सम्बन्धित कार्य बन्नेछन् । मान महत्व बढ्नेछ । अवसरको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह बढ्नेछ ।

कर्कट – अवसर प्राप्त भए पनि काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । आजको दिन मिश्रित फलदायक छ । ऋण, रोग र शत्रुमाथि ध्यान राख्नुपर्नेछ । व्यस्तता बढ्ला । जोखिम मोल्नुपर्ने काममा हात नहाल्नु नै उचित हुनेछ ।

सिंह – नयाँ काममा हात हाल्ने अवसर जुट्न सक्छ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । इर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । आयस्रोत बढ्नेछ । रोकिएको काम बन्नेछ । धन मान सुख समृद्धि बढ्नेछन् । भागदौड बढ्नेछ । सोचीविचारी काम गर्नु पर्ला । कठोर परिश्रमले समस्याको समाधान मिल्ला ।

कन्या – नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिन सक्छन् । धन आर्जन हुने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । धनको आगमन भइ रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला – अर्थ अभावले सताउन सक्छ । बलजफ्ती गर्दा काम बिग्रन सक्छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला । रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

वृश्चिक – व्यापारमा उपलब्धि हासिल गर्न कठिन छ । योजना गोप्य राखेर अघि बढ्नुहोला । अरूको भरपर्दा धोका पाइएला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान पुरस्कार मिल्नेछ ।

धनु – मेहनत गर्दा पहिले रोकिएको कामको फल प्राप्त हुनेछ । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पारिवारिक कार्य बन्ला । सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हांसविलासमा रुचि बढ्ला ।

मकर – अवसरका लागि केही दौडधुप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । भौतिक वस्तु लाभ हुने समय छ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला । आफ्ना नातेदारहरुसँग झैझगडा पर्न सक्छ । आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । खर्चमा नियन्त्रण आउनेछ । रसरागमा आकर्षण बढ्ला । नियमकानूनप्रति सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन – नियमित काममा सफलता मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् । सम्मान पाइनेछ तर गरिरहेको काममा केहि समस्या पर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आमोदप्रमोदमा रमीरहनु हुनेछ । यात्रामा सफलता भेटला । आशा उत्साह बढ्ला । सांझेदारीको काम बन्नेछ ।