खोप अनिवार्य गर्नु गलत भन्दै फ्रान्समा व्यापक प्रदर्शन

खोप अनिवार्य गर्नु गलत भन्दै फ्रान्समा व्यापक प्रदर्शन


राष्ट्रपति म्याक्रोँविरुद्ध चर्को नाराबाजी

फ्रान्समा कोरोनाविरुद्धको खोप नलगाएका ब्यक्तिहरूमाथि लगाइएको प्रतिबन्धको विरुद्धमा व्यापक प्रदर्शन भएको छ । राजधानी पेरिस लगायतका सहरमा भेला भएका हजारौँ सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोँंविरोधी नारा लगाउँदै प्रदर्शन गरेका छन्् ।

आगामी चुनावमा राष्ट्रपति पदका उम्मेदवार रहेका फ्लोरियन फिलिपपोटको नेतृत्वमा आयोजना गरिएको विरोध प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रदर्शनकारीहरूले फ्रान्समा किशोरकिशोरीलाई खोपका बारेमा जानकारीसमेत नरहेको भन्दै खोप अनिवार्य गर्नु गलत भएको तर्क गरेका छन् ।

प्रदर्शनकै क्रममा टेनिस स्टार नोभाक जोकोभिचलाई अष्ट्रेलिया सरकारले खोप नलगाएको भरमै भिसा नदिएकोमा पनि प्रदर्शनकारीले अष्ट्रेलियाली सरकार विरुद्धसमेत नारा लगाएका एएफपीले जनाएको छ ।

फ्रान्सको इतिहासमा एलो टिसर्टपछिको यो नै ठुलो प्रदर्शन भएको बताइएको छ । प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको छ । फ्रान्समा कोरोनाविरुद्धको खोप नलाउनेको सङ्ख्या उल्लेख्य छ । यसअघि फ्रान्सको माथिल्लो सदनले खोप अनिवार्य गर्ने विधेयकलाई मान्यता दिएको थियो ।