लता मंगेशकरको स्वास्थ्यमा आएन सुधार, आइसियूमा उपचार जारी

लता मंगेशकरको स्वास्थ्यमा आएन सुधार, आइसियूमा उपचार जारी


कोभिड-१९ संक्रमित बलिउडकी दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन । मुम्बइको ब्रीच केण्डी अस्पतालमा उनको उपचार भइरहेको छ । उनलाई गत जनवरी ९ को राति अस्पताल भर्ना गरिएको थियो । लतालाई कोभिडसँगै निमोनिया पनि भएको छ ।

अस्पतालका अनुसार गायिका लताको स्वास्थ्यमा सुधार हुन सकेको छैन । उनको उपचारमा संलग्न चिकित्सक प्रतीत समतानीले लताको आइसीयूमै उपचार भइरहेको बताएका छन् ।

‘उहाँ हाम्रो प्रत्यक्ष निगरानीमा हुनुहुन्छ । उहाँको स्वास्थ्य सुधार अवस्थालाई हेरेर मात्र कति दिन आइसीयुमा राख्नुपर्ने हो टुंगो लाग्नेछ । त्यसकारण हाल उहाँलाई भेट्न बाहिरी मान्छेलाई रोक लगाइएको छ’, उनले भनेका छन् ।