नेपाली शान्ति सैनिकको कामको सराहना

नेपाली शान्ति सैनिकको कामको सराहना



द्वन्द्वरत मुलुक सेन्ट्रल अफ्रिकन कारमा शान्ति स्थापनाका लागि तैनाथ नेपाली सेनाको जबरजङ्ग गण तेस्रो डफ्फाले जिम्मेवारी निर्वाहमा गरेको साहसिक कामको संयुक्त राष्ट्रसङ्घले सराहना गरेको छ ।

गत मङ्सिर २७ देखि ९ देखि हालसम्म सञ्चालन भइरहेको गस्ती खोजी कार्यमा हतियारधारी समूहलाई नेपाली सैनिकले आफ्नो कार्यक्षेत्रबाट हटाउन सफल भएकोमा उक्त कार्यको सराहना गर्दै राष्ट्रङ्घका तर्फबाट प्रशंसापत्र प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कारमा तैनाथ शान्ति सैनिकका फोर्स कमाण्डर मेजर जनरल पाउलो परेराले हतियारधारीलाई हटाउँदै स्थानीयको सुरक्षाका लागि प्रभावकारी काम गरेको भनी नेपाली सैनिकको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्र प्रदान गरेका हुन् ।