नेपाल प्रहरीको प्रवक्तामा एसएसपी केसी

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी केसी



नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रदान गरिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनचासोका काम कारबाहीलाई यथार्थ एवं तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि आइतबार केसीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो ।

प्रवक्ता केसी हाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत रहेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक केसीलाई मोबाइल नम्बर ९८५१२९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।