नेपालमा आइतबार ४,९६१ जनामा संक्रमण पुष्टि

नेपालमा आइतबार ४,९६१ जनामा संक्रमण पुष्टि


आइतबार नेपालमा चार ४,९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार १५ हजार १३१ वटा नमुना परीक्षण गर्दा चार हजार ९६१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ५६२ जनामा गरिएको पीसीआर परीक्षणमा चार हजार ५३४ जनामा र दुई हजार ५६९ जनामा एन्टिजेन परीक्षण गर्दा ४२७ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको २५ हजार ६८० रहेको छ । पछिल्लो २४ घण्टामा ४३५ जना डिस्चार्ज भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।