भारतमा तीस गुणाले बढ्यो संक्रमण, गंगामा स्नान गर्न लाखौँको भिड

भारतमा तीस गुणाले बढ्यो संक्रमण, गंगामा स्नान गर्न लाखौँको भिड



भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुनाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइँदैन ।

कोभिड बढिरहेका बेला लाखौँ हिन्दू भक्तजनहरुले गंगा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौंले सामूहिक स्नान गरेका हुन् । हिन्दू धर्मअनुसार संक्रान्तिमा पवित्र गंगामा स्नान गर्नाले सम्पूर्ण पाप नस्ट हुनुका साथै मृत्युपछि पुण्य प्राप्त हुन्छ ।

शनिबार पश्चिम बंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो । उनीहरुले संक्रमणको कुनै ख्याल नै गरेका थिएनन् । भारतमा महाराष्ट्रपछि पश्चिम बंगालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न शहरमा रात्रिकालीन कर्फ्यू लगाइएका छन् ।

भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ ।