आजको पञ्चाङ्ग एवम् राशिफल (२ माघ २०७८ आइतबार, १६ जनवरी २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२ माघ २०७८ आइतबार, १६ जनवरी २०२२)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षसनामक सम्वत्सर शिशिर ऋतु वि.सं. २०७८ माघ २ गते तद्अनुसार सन् २०२२ जनवरी १६ तारिख आइतबार पौष शुक्लपक्ष चतुर्दशी तिथि आर्द्रा नक्षत्र ऐन्द्र योग गर करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७:३० बजेमा हुनेछ । राष्ट्रिय भूकम्पसुरक्षा दिवस ।

आजको राशिफल

मेष – आँटेका काममा बाधा पुर्याउनेहरू सक्रिय हुनेछन् । तर, सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ । मेहनतले विशेष उपलब्धि आर्जन होला । आशा उत्साह बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काम बन्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । धनसम्पत्ति बढ्नेछ ।

वृष – स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आस मारेको कामले उत्साह जगाउनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । मान महत्व बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।

मिथुन – काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट – आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रशन्नता मिल्नेछ । सन्तान एवम् मित्रजनको सहयोगले फाइदा हुनेछ । शुभ काममा लाग्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । सुख सुविधाको वस्तु बढ्नेछ । सभासमारोहमा मान पुरस्कार मिल्नेछ ।

सिंह – परिवारजनको साथले उत्साह जगाउनेछ । तर, प्रतिस्पर्धीहरूले सताउन सक्छन् । आफ्ना योजनाहरू गोप्य राख्नुहोला । साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । यात्रापरक र लेखन प्रकाशनसित सम्बन्धित काममा पनि सफलता मिल्ला । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।

कन्या – जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । व्यवसायिक काममा पनि त्यत्ति फाइदा नहोला । सन्तानको सहयोग मिल्नेछ । भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ ।

तुला – परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदा हुने काममा लगानी गर्ने मौका प्राप्त हुनेछ । तर शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । जोखिमपूर्ण कार्य रुचिप्रदायक रहला, तर सद्कार्यमा लाग्दा नै शुभ रहला । जोखिम बढ्न सक्छ तर गोप्य काम बन्नेछ । विवादमा नपर्नु हीतकर रहला ।

वृश्चिक – आयआर्जन राम्रै हुनेछ । अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । दायित्व बढ्ला तर दायित्व पूरा गर्नुहुनेछ । सुखको वस्तु बढ्ने सम्भावना रहला । साझेदारीको काम बन्नेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुख बढ्नेछ । आर्थिक लगानीमा वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु उचित हुनेछ ।

धनु – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ । धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । विजयश्री मिल्नेछ ।

मकर – छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला । अर्थअभावका कारण बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ । बिघ्न हट्ला । कर्मयोगी रहनु हुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । यश वर्चश्व बृद्धि हुनेछ । मिठो भोजन मिल्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न भैहाल्नेछ ।

कुम्भ – अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला । यात्रा होला । खर्च बढ्नेछ । भोग विलासमा आकर्षण बढ्ला । छलकपट धोखाधडी आदिप्रति सचेत हुनुपर्ला ।

मीन – समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । काम बिग्रने डरले सताइरहनेछ तर आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ ।