सञ्चारकर्मी प्रियाले ल्याइन् मायाले बोलेर…

सञ्चारकर्मी प्रियाले ल्याइन् मायाले बोलेर…



सञ्चारकर्मी प्रिया अधिकारीले नयाँ गीत ‘मायाले बोलेर’ सार्वजनिक गरेकी छन् । सार्वजनिक भएको गीति भिडियोमा ‘मायाले बोलेर..’ बोलको गीतमा सञ्चारकर्मी अधिकारीले अभिनय गरेकी छन् । मायाले बोलेर म्युजिक भिडियोमा जगिलाल थापा जेल संघर्षको शब्द, विमल सिर्पाली र सम्झना भण्डारीको स्वर रहेको छ ।

हालै सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा अभिनयतर्फ मुख्य भूमिकामा सञ्चारकर्मी प्रिया अधिकारी, संगम पौड्याल, दिनेश पन्थी र सुरेन्द्र न्यौपाने रहेका छन् ।

म्युजिक भिडियोको छायांकन विमल भट्टराई र मीन रानाले गरेका छन् भने गीतको सम्पादन पनि मीन रानाले नै गरेका हुन् । मालाश्री रेकर्डिङ्ग स्टुडियोमा गीतको सुटिङ गरिएको प्रियाले जानकारी दिएकी छन् ।

‘मायाले बोलेर..’ म्युजिक भिडियो प्रिया अधिकारीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।