३ माघ २०७८, सोमबार

भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा कांग्रेस नेता घिमिरे

  प्रकाशित मिति
१ माघ २०७८, शनिबार ०६:०२


भूमि आयोग अर्घाखाँचीको अध्यक्षमा नेपाली कांग्रेसका नेता यादवप्रसाद घिमिरे नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार घिमिरे शुक्रबार (पुष ३०) देखि नै लागु हुने गरी भूमि आयोग अर्घाखाँचीको अध्यक्ष नियुक्त भएका हुन् ।

पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानका घिमिरे नेपाल शिक्षक संघका अध्यक्ष समेत हुन् । कांग्रेस महासमिति सदस्य घिमिरे कांग्रेसको १४औं अधिवेशनमा कांग्रेस जिल्ला सभापतिमा उम्मेवार बनेका थिए । यद्यपि नेता घिमिरे अधिवेशनमा पराजित भएका थिए ।

मन्त्रिपरिषद्को निर्णयअनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुनेगरी अर्घाखाँचीसहित २८ जिल्लामा भूमि आयोगको जिल्ला समितिका अध्यक्षहरुलाई नियुक्ति पत्र दिएको बताइएको छ ।

यसअघि नेकपा एमाले नेतृत्वको सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग गठनमा राजिनीति भएको भन्दै देउवा सरकारले एकसाथ देशभरका समितिहरु विघटन गरेको थियो । एमालेकै शैली पछ्याउदै देउवा सरकारले पनि आस्थाको आधारमा अध्यक्षहरु नियुक्त गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेमन्त केसी, जाजरकोट जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा

तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो