३ माघ २०७८, सोमबार

अमरगढी न.पा. र गन्यापधुरा गा.पा.मा महिला सञ्जाल मञ्च गठन

  प्रकाशित मिति
१ माघ २०७८, शनिबार ०५:५०


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुराको अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकामा महिला सञ्जाल मञ्च गठन गरिएको छ । जिल्लाका स्थानीय तहमा आगामी निर्वाचनमा महिलाहरूको अर्थपुर्ण सहभागिताका लागि पालिकास्तरीय महिला नेतृत्व संजाल गठन गरिएको हो ।

जनप्रतिनिधि महिला र राजनीतिक दलमा आवद्ध महिलाहरूको उपस्थितिमा जिल्लाका अमरगढी नगरपालिका र गन्यापधुरा गाउँपालिकामा हालै उक्त संजाल गठन गरिएको हो ।

अमरगढी नगरपालिकामा पार्वती झुकालको अध्यक्षतामा कोषाध्यक्ष धौली दमाई र सचिवमा सरस्वती अवस्थी ओझासहित २५ सदस्यीय सञ्जाल गठन गरिएको छ भने गन्यापधुरा गाउँपालिकामा धर्मा सिंह बोगटीको अध्यक्षतामा कोषाध्यक्ष यशोदा र सचिवमा अहिल्या कुँवरसहित २५ सदस्यीय महिला नेतृत्व सञ्जाल गठन गरिएको हो ।

यसैगरी, सरस्वती बोगटीको संयोजकत्वमा जिल्लास्तरीय युवा सञ्जालसमेत गठन गरिएको महिला नेतृत्व मञ्चले काम गर्ने संजाल गठनमा सहयोग पुर्याउँदै आएको गैरसरकारी संस्था रुडेसले जनाएको छ ।

नेतृत्वदायी भूमिकामा रहेका नेतृ महिलाहरूको अर्थपुर्ण सहभागिता वृद्धि गर्ने, लैंगिक भेदभावपूर्ण सामाजिक मान्यता र हानिकारक अभ्यासहरू न्यूनीकरणका लागि महिला तथा पुरुषको समझदारी कायम गर्न महिला सञ्जाल गठन गरिएको जनाइएको छ ।

आमनिर्वाचनका साथै अन्य समुहमा समेत महिलाहरुको सवल र सक्षम नेतृत्व स्थापित गर्नका लागि उक्त संजालमार्फत नेतृहरूको क्षमता विकास गर्नका साथै कार्य कौशलताका तालिम, नेतृत्व विकास सँगै अन्य क्षमता अभिवृद्धिसम्बन्धी क्रियाकलापहरू संचालन गरिने भएको छ ।

जिल्लाका दुई वटा स्थानीय तह र अन्यमा समेत चार सयभन्दा बढी नेतृमहिलाको नेतृत्व विकास गर्नका लागि महिला नेतृत्व मञ्चले काम गर्ने रुडेसका फिल्ड अधिकृत चन्द्रा शर्मा भट्टको भनाइ छ । रुडेस बैतडीले डडेल्धुराका दुई वटा स्थानीय तहमा जनप्रतिनिधि महिला कोटामा मात्रै नभइ मुल नेतृत्व र अर्थपुर्ण सहभागिताका लागि अगुवा महिलाहरूको संलग्नतामा नेतृत्व मञ्च गठन गरेको हो ।

रुडेसका कार्यकारी निर्देशक गोविन्द जोशीका अनुसार संविधानतः हरेक स्थानीय तहमा महिलाको उल्लेख्य सहभागिता छ तर निर्णय पनि उनिहरुबाट नै हुनुपर्ने अवधारणाका आधारमा अमरगढी नगरपालिका र गन्यापधुुरा गाउँपालिकामा महिला नेतृत्व मञ्च गठन गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको हृदयाघातका कारण निधन भएको छ । पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुले आइतबार राति

हेमन्त केसी, जाजरकोट जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा

तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको