गायक सुलिनको गीति एल्बम ‘सिंगर’ बजारमा

गायक सुलिनको गीति एल्बम ‘सिंगर’ बजारमा



नेपाली सांगीतिक क्षेत्रमा रहेका अनेक चुनौतीका बाबजुद निकै परिश्रम र प्रयत्नपछि कलाकार एवम् गायक सुलिन शाक्यले आफ्नो पहिलो गीति एल्बम ‘सिंगर’ सार्वजनिक गरेका छन् ।

केही समयअघि नै, अर्थात् दशैँ-तिहारजस्तो महान् चाडलाई लक्षित गर्दै सोही अवसर पारेर चर्चित संगीतकार राजु सिंहलगायतका विशेष व्यक्तिहरूको हातबाट ‘सिंगर’को विमोचन गरिएको थियो ।

गीती एल्बम ‘सिंगर’मा कसम, जन्ती, नशा, अल्झेछ, बर्बराउँछु, मर्छु बरु, प्रतीक्षा, तसर्क बाँला (नेपाल भाषामा), डाँफे, सुन्दर शान्त नेपाल, रोल्पाली भाइ गरी जम्मा ११ वटा गीत समावेस गरिएका छन् ।

जसमा मोहन मानन्धर, दीपक स्वप्निल श्रेष्ठ, ललेन्द्र शाक्य, सुनिल राजोपाध्याय, सुलिन शाक्य, कोशिश क्षत्री, बज्र एन, शान्तवीर शाक्य, बुद्ध शाक्य नेवा स्, आशा काजी महर्जन र राजभाइ जकमीद्वारा रचित शब्दहरूलाई राजु सिंह, तीर्थ माली, सुलिन शाक्य, रीता महर्जन, मोहन मानन्धर, दीपक स्वप्निल, कोशिस क्षेत्री, शान्तवीर शाक्य र मंगल महर्जनले संगीत भरेका छन् ।

उक्त एल्बममा डान्सिङ, सेन्टिमेन्टल, लभ, टेक्नो, देशप्रेम र जनयुद्धताकाका गरी विभिन्न भाकामा सजिएका गीत संग्रहित छन् । तीमध्ये केही गीत युटुब र फेसबुक पेजमा पनि उपलब्ध छन् ।

कुशल संचारकर्मीसमेत रहेका शाक्यका अहिलेसम्म नेपालभाषामा तीन वटा सफल गीति एल्बम र अनेकौँ फुटकर गीत संगीत बजारमा आइसकेका छन् ।