३ माघ २०७८, सोमबार

बन्दीपुरमा जिप दुर्घटना, चार जनाको मृत्यु

  प्रकाशित मिति
३० पुष २०७८, शुक्रबार १७:२५


तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटियामा जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घुमाउनेबाट धरमपानी आउँदै गरेको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको बन्दीपुर गाउँपालिका अध्यक्ष पुर्णसिं थापाले पुष्टि गरे । ग. १ ज ६५५५ नम्बरको जिप सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा दुर्घटना भएको हो ।

प्रहरीले भने १२ जना घाइते भएको जनाएको छ । घाइतेको उद्धार गरेर बन्दीपुर अस्पताल लगिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । प्रहरीका अनुसार जिपमा करिब १८ जना सवार थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेमन्त केसी, जाजरकोट जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा

तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो