चेम्बर अफ कमर्शद्वारा अफगानिस्तानलाई सामग्री सहयोग

चेम्बर अफ कमर्शद्वारा अफगानिस्तानलाई सामग्री सहयोग


नेपाल चेम्बर अफ कमर्शले अफगानिस्तानका जनतालाई राहत सामग्री सहयोग गरेको छ ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका तर्फबाट अफगानिस्तानका जनताको मानवीय सहयोगार्थ रु २० लाख बराबरको राहत सामग्री परराष्ट्रमन्त्री डा नारायण खड्कालाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा. खड्काले राहत सामग्री उपलब्ध गराई मानवीय सहयोग कार्यमा सघाउ पु¥याएको भन्दै नेपाल चेम्बर अफ कमर्शलाई धन्यवाद दिए । सोही अवसरमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष मल्लले अफगानिस्तानमा पीडामा परेका नागरिकलाई थोरै भए पनि नेपालका तर्फबाट सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।