३ माघ २०७८, सोमबार

थप पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि

  प्रकाशित मिति
३० पुष २०७८, शुक्रबार ११:२४



देशभर पछिल्लो २४ घण्टामा थप पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको नमूना परीक्षण गरिएको थियो । तेह्र हजार ४७४ जनाले पिसिआर र सात हजार ८६ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३०६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १५ हजार ६५३ पुगेको छ । यो दर ९६ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ४५ हजार ५०१ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख १०८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ८१ हजार २६० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ८० हजार ८८२ पुगेको छ । कुलमा सङक्रमण दर १७ प्रतिशत छ ।

कोभिड बिरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा तीन लाख २० हजार २६७ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २३५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६१३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३८२ दशमलव तीन रहेको छ ।

हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या जम्मा २५ र आइसियूमा १११ रहेको छ । होम आइसोलेशनमा १७ हजार २९१, संस्थागत आइसोलेशनमा ९४४ र क्वारेन्टीनमा ११५ रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर र भक्तपुर र कास्की रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरूमा झापा, चितवान, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली छन् । सून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात हजार ६२५, ललितपुर एक हजार ९३५ र भक्तपुरमा एक हजार २५१ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोनासंक्रमण भएपछि त्रास

रौतहटमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा जिल्लाको नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह

उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार

पूर्णप्रसाद मिश्र, काठमाडौं प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि