३ माघ २०७८, सोमबार

सर्वदलीय बैठक : राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सुझाव

  प्रकाशित मिति
३० पुष २०७८, शुक्रबार ११:१२


निर्वाचन आयोगले राखेको सर्वदलीय बैठकमा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन तोकिएकै समयमा गर्न सुझाव दिइएको छ ।

आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ भने आउँदो ६ जेठमा नयाँ जनप्रतिनिधि आइसक्नुपर्ने अवस्थालाई ध्यानमा राखेर निर्वाचन गर्नुपर्नेमा सहभागी दलका प्रतिनिधिहरूले सुझाव दिएका छन् ।

यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दिए ।

कांग्रेसले तोकिएकै मिति आउँदो १२ माघमा राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्ने सुझाव दिएको छ । १२ माघमा राष्ट्रियसभा निर्वाचन गर्नुपर्ने र यसका लागि मतदान केन्द्र बढाउन सुझाव दिएको छौँ’, कांग्रेस नेता रमेश लेखकले बताए ।

स्थानीय तहको निर्वाचनका विषयमा कांग्रेसले सरकारले छलफलमार्फत निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएको छ ।

आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन । तर, तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा एमालेले जोड दिएको छ ।

स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गरेर ६ जेठमा नयाँ जनप्रतिनिधि चयन गरिसक्नुपर्ने एमालेको भनाइ छ ।

निर्वाचन गर्न मिति १२० दिन अगाडि तोक्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोनासंक्रमण भएपछि त्रास

रौतहटमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा जिल्लाको नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह

उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार

पूर्णप्रसाद मिश्र, काठमाडौं प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि