३ माघ २०७८, सोमबार

माघे संक्रान्तिलाई जंगलमा वन तरुल खोज्नेको भिड

  प्रकाशित मिति
३० पुष २०७८, शुक्रबार १०:५६



माघे संक्रान्तिका लागि खोटाङका स्थानीयवासी जंगलमा वन तरुल खोज्न व्यस्त छन् । वन तरुल निकाल्न कुटो, कोदालो र झम्पालसहित स्थानीयको भिड नजिकका जंगलमा बढेको छ ।

माघे संक्रान्तिमा घर तरुल, सखरखण्ड, इस्कुसको जरा, घिउ, चाकुलगायतका परिकार खाने प्रचलन भए पनि स्थानीयले वन तरुललाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । माघे संक्रान्तिका दिन ‘एक टुक्रा भए पनि वन तरुल खानुपर्छ’ भन्ने मान्यता छ । कतिपयले आफैलाई र कतिपयले बिक्रीका लागि तरुल खोज्ने गरेका छन् ।

कुनै(कुनै घना जंगलमा पाइने वन तरुल निकाल्न निकै मिहिनेत गर्नुपर्ने हुन्छ । वन तरुलको फल जमिनको सतहबाट दुईरतीन मिटरमुनि भेटिने भएकाले गहिरो खाडल खन्नुपर्ने हुन्छ । दुई(तीन दिनअघिदेखि माघे संक्रान्तिको दिनसम्मै वन तरुल खन्ने गरेको र त्यसका लागि हुलका हुल स्थानीय जंगलमा पुग्ने गरेका हलेसी तुवाचुङ नगरपालिका(३ च्यास्मीटारका रहरमान राईले बताए ।

निकै मिहिनेतका साथ निकालिएको वन तरुल बिक्रीका लागि बजारमा समेत ल्याउने गरिएको छ । कतिपयले माघे संक्रान्तिभन्दा हप्ता दिनअघिदेखि नै कन्दमुल खरिद गरेर राख्ने गरेका छन् । कन्दमुलमध्ये वन तरुलको मूल्य महँगो पर्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेमन्त केसी, जाजरकोट जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा

तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो