३ माघ २०७८, सोमबार

९० वर्षीय वृद्धालाई बलात्कार गरेको आरोपमा ३३ वर्षीय युवामाथि मुद्दा

  प्रकाशित मिति
३० पुष २०७८, शुक्रबार ०८:४९


इराकका एक पुरुषले जर्मनीको एउटा ह्वीलचेयरमा बस्ने वृद्धालाई यौन दुर्व्यवहार गरेका छन् । जर्मनीको एउटा अस्पतालको शौचालयमा ९० वर्षीय वृद्धालाई उनले यौन दुर्व्यवहार गरेका हुन् ।

लिली एफ नाम गरेकी ती विधवा ड्रेसडेन फ्राइडरिचस्टाड अस्पतालको आपतकालीन कक्षामा एक्सरेका लागि पर्खिरहेकी थिइन् ।

अभियोजनकर्ताहरुका अनुसार ३३ वर्षीय इराकी मुन्थर अल एलले वृद्धालाई शौचालय जाने क्रममा निर्दयी ढंगले दुर्व्यवहार गरेका थिए । एलमाथि ‘शारीरिक रुपमा हानि गर्ने उदेश्यसहित’ बलात्कार गरेको अभियोग लागेको छ । तर, एलले आफूमाथि लागेका आरोप अस्वीकार गरेका छन् । बरु वृद्धालाई अस्पताल लैजान सहयोग गरेको बताएका छन् ।

लिली एफ सेवानिवृत्त बस्ने एउटा घरमा बस्दै आएकी थिइन् । भुईमा ढलेपछि उनी एक्सरे गर्न भन्दै अस्पताल पुगेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोनासंक्रमण भएपछि त्रास

रौतहटमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा जिल्लाको नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह

उत्तर कोरियाले फेरि एक अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले दाबी गरेको छ । उत्तर कोरियाले अर्को आणविक हतियार

पूर्णप्रसाद मिश्र, काठमाडौं प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि