३ माघ २०७८, सोमबार

संक्रमणको जोखिम बढेपछि नुवाकोटमा गोरु जुधाइ प्रतिस्पर्धा नहुने

  प्रकाशित मिति
३० पुष २०७८, शुक्रबार ०५:३६


file photo


नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाइ मेला यस वर्ष नहुने भएको छ । कोभिड-१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएसँगै ऐतिहासिक महत्व तथा वर्षौँदेखि सञ्चालन गरिँदै आएको गोरु जुधाइ प्रतिस्पर्धा नहुने भएको हो ।

कोरोनाको जोखिम बढेकाले सभा-समारोह, मेला तथा जात्रा सञ्चालनमा रोक लगाएका कारण गोरु जुधाइ मेला स्थगन भएको छ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको तारुका, तादी गापाको सातबीसे, लिखु गापाको सूर्यमती, पञ्चकन्या गापाको पञ्चकन्या, शिवपुरी गापाको शेराबगर, बेलकोटगढी नगरपालिकाको झिल्टुङ्ग, नुवाकोट र रसुवाको सङ्गमस्थल वेत्रावतीलगायतका ठाउँमा हुने गरेको गोरु जुधाइ मेला यस वर्ष स्थगन भएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेमन्त केसी, जाजरकोट जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा

तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो