हाईवे स्तरीय ब्याडमिन्टन प्रतियोगिता

हाईवे स्तरीय ब्याडमिन्टन प्रतियोगिता


  • विकाश रौनियार, धादिङ

धादिङको गजुरी गाउँपालिकास्थित गलौँदीमा हाईवे स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । गजुरी ब्याडमिन्टन क्लबको आयोजना र गजुरी गाउँपालिकाको सहयोगमा ‘स्वास्थ्यका लागि खेलकुद :राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ बिहीबारदेखि ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।

तीन समूहमा विभाजन गरिएको प्रतियोगितामा समूह ए मा १६, समूह बी मा ३२ र भेन्ट्रासतर्फ १६ प्रतियोगी सहभागी रहेको आयोजकले जानकारी दिएको छ । प्रत्येक समूहबाट बिजेता हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १० हजार रुपैयाँ, तेस्रो हुने र सान्त्वनाका लागि खेलाडीलाई पाँच/पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

खेल प्रतियोगिता उद्घाटन कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेत लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताको अन्य सहयोगी संस्थाहरुमा बेनीघाट रोराङ गाउँपालिका, गजुरी गाउँपालिका वडा नम्बर ४, ५ र ६ का साथै जिल्ला ब्याडमिन्टन संघ, धादिङ रहेका छन् भने मुख्य प्रायोजकमा राज ब्रुअरी प्राली रहेको छ ।

गजुरी ब्याडमिन्टन क्लबको आयोजनामा भएको प्रतियोगितामा हाईवेका खेलाडीहरुको ५० टिम सहभागी हुने क्लवका सचिव दिवस सागर श्रेष्ठले बताए ।