३ माघ २०७८, सोमबार

टिचिङ अस्पतालमा एकैपटक ६० भन्दा धरै चिकित्साकर्मीमा कोरोना संक्रमण

  प्रकाशित मिति
३० पुष २०७८, शुक्रबार ०२:४७


त्रिवि शिक्षण अस्पताल (टिचिङ)अस्पतालमा चिकित्सक, नर्ससहित ६० जना भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ । एकैपटक यति धेरैको संख्या चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा सञ्चालनमा समस्या पर्ने देखिएको छ ।

कन्ट्याक ट्रेसिङमा परेका डाक्टर र नर्सहरुको कोरोना जाँच गर्दा बिहीबार ६० भन्दा धेरैमा संक्रमण पुष्टि भएको र अरुको रिपोर्ट आउने क्रममा रहेको अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेको भनाइ छ ।

अस्पतालको मेडिकल आईसीयुमा उपचारत बिरामीमा कोरोना संक्रमण देखिएपछि उनको जाँच र उपचारमा खटिएका डाक्टर र नर्सलगायतको कोरोना परीक्षण गरिएको थियो ।

एकैपटक ठूलो संख्यामा कोरोना पोजेटिभ आएको र अरुको रिपोर्ट आउने क्रममा रहेपछि अस्पतालबाट प्रवाह हुने सेवामा समस्या पर्ने काफ्ले बताउँछन् । चिकित्सक, नर्स र स्वास्थ्यकर्मी एकैपटक संक्रमित हुँदा कतिपय वार्डलाई मर्ज गर्ने तयारी अस्पतालले गरेको छ ।

पछिल्ला दिनमा देशभर र काठमाडौंमा समेत संक्रमित र मौसमी बिरामीको संख्या बढ्न जाँदा अस्पतालहरुमा बिरामीको चाप बढेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको हृदयाघातका कारण निधन भएको छ । पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुले आइतबार राति

हेमन्त केसी, जाजरकोट जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा

तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको