आजको पञ्चाङ्ग एवम् राशिफल (३० पुस २०७८ शुक्रबार, १४ जनवरी २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० पुस २०७८ शुक्रबार, १४ जनवरी २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४२ राक्षस नामक सम्वत्सर हेमन्त ऋतु वि.सं. २०७८ पौष ३० गते तद्अनुसार सन् २०२२ जनवरी १४ तारिख शुक्रबार पौष शुक्लपक्ष द्वादशी तिथि रोहिणी नक्षत्र शुक्ल योग बब करण आनन्दादिमा मित्रयोग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौमा सूर्योदय बिहान ६ः५८ मा भयो र सूर्यास्त साँझ १७ः२८ बजेमा हुनेछ । मुस्याडुली ।

आजको राशिफल

मेष – उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । अरूका काममा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । साझेदारीको काम भने बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । प्रसिद्धि र ख्याति फैलिनेछ ।

वृष – मेहनतअनुसार फाइदा कमै होला । लेनदेनमा विवाद एवम् विगतका समस्या बल्झिन सक्छन् । अरूका काममा समय बित्न सक्छ । आरोग्यता वृद्धि होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । मान महत्व बढ्नेछन् । धनको आगमन भइरहने छ । समस्याको समाधान मिल्नेछ । रोकिएको काम बन्ला । मिठो भोजन प्राप्त हुनेछ ।

मिथुन – शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । आफू कमजोर भएको अनुभूति हुनेछ । अरूले फसाउन सक्छन् । मेहनतअनुसार फाइदा कमै होला । भागदौड बढ्नेछ । कठोर परिश्रमले सफलता प्राप्त हुनेछ । भ्रमणमा आकर्षण बढ्नेछ । जोखिममा नपर्नु हितकर हुनेछ ।

कर्कट – दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । शुभ काममा लाग्नु हितकर हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । वार्तामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । जीवनसाथीको साथ मिल्नेछ ।

सिंह – रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । सुख शान्ति र समृद्धि बढ्नेछ । आरोग्यता बढ्नुको साथै उत्साह पनि थपिनेछ । बौद्धिक रचनात्मक कलात्मक आदि कार्यमा सफलता मिल्नेछ । साहसिकताको क्षेत्रसित सम्बन्धित काम बन्नेछ ।

कन्या – शुभ र भाग्यबर्द्धक काम बन्नेछ । प्रेममा रुचि बढ्ला । यात्रामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । ईष्टमित सन्तानको सहयोग मिल्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । सुख सम्पतिमा बढोतरी हुनेछ । मान महत्व बढ्ला । आर्थिक काममा सफलता भेट्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । आमोदप्रमोदमा रमीरहनु हुनेछ ।

तुला – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनुपर्नेछ । समय जोखिमपूर्ण भए पनि कार्य रुचिप्रदायक रहला । अरुको भर नपर्दा शुभ होला । ठगी विश्वासघातदेखि सचेत रहनु पर्नेछ । गोप्य काम बन्नेछ । जोखिम बढ्न सक्छ । ख्याति फैलिनेछ । आरोग्यतामा ध्यान दिनु पर्नेछ ।

वृश्चिक – आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह वृद्धि होला । धन सम्पत्ति बढ्नेछ । सुखको वस्तु बढ्ने सम्भावना प्रवल छ । साझेदारीको काम बन्नेछ । यात्रापरक सफल हुनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

धनु – धन मान साहस बढ्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्ला र लगानी उठ्नेछ । गौरव वृद्धि हुनेछ । पारिवारिक सुख आनन्द पनि बढ्नेछ । कार्यव्यपारमा सफलता पाउनु हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । विजयश्री मिल्नेछ ।

मकर – सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । तपाईंको आरिस गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । कर्मयोगी रहनुहुनेछ तर अरुको भरमा नबसेमा राम्रो रहला । प्रयासरत काम बन्नेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ । विजयश्री प्राप्त होला । आरोग्यता बढ्ला । कलात्मक र रचनात्मक क्षेत्रसित सम्बन्धित काममा सफलता भेट्ला ।

कुम्भ – रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् ।यात्रा होला । खर्च भने बढ्नेछ । साझेदारीसित सम्बन्धित काम बन्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोग विलासमा आकर्षण बढ्ला । ख्याति फैलिनेछ ।

मीन – ग्रहगोचर अत्यन्तै शुभ फलदायक छ । विभिन्न सहयोग र उपहार पाइनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । भागदौड भैरहला । यात्रामा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । घरपरिवारको स्थिति अनुकूल होला । रोकिएको काम पूरा होला । विजयश्री मिल्नेछ ।