नाइजेरियामा बन्दुकधारीको आक्रमणमा गाउँलेको हत्या र घरमा आगजनी

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा गाउँलेको हत्या र घरमा आगजनी


बन्दुकधारीहरुले नाइजेरियाको एक अस्थिर राज्यको मुख्य क्रिश्चियन गाउँमा आक्रमण गर्दा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको छ । साथै २४ ओटा घरहरू जलाएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

पठार राज्यमा मुस्लिम र क्रिश्चियन किसानहरू बीचको वर्षौंदेखि संघर्ष चलिरहेको छ । यद्यपि अधिकारीहरूले प्रायः आपराधिक गिरोहहरुलाई हालैका आक्रमणहरुको लागि दोष लगाउँदै आएका छन् । आक्रमणकारीहरूले गत मङ्गलबार राति पठारको बासा स्थानीय सरकारी क्षेत्रको आन्चा समुदायमा आक्रमण गरेका अधिकारीहरुले बताएका छन् ।

आक्रमणकारीहरु रातको समयमा बन्दुक लिएर गोली हान्दै आएका र केही समयपछि मात्र सुरक्षाकर्मीहरु पुगेका आन्चानिवासी डिक्सन अटालाई उद्धृत गर्दै एएफपीले जनाएको छ । आक्रमणमा १८ जनाको ज्यान गएको बताइए पनि आधिकारिक मृत्युको संख्या भने अझै खुलिसकेको छैन ।

तथापि, मलिसनले जारी गरेको विज्ञप्तिअनुसार दुई घण्टाभन्दा बढी समयसम्म चलेको आक्रमणमा १८ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । २४ ओटा भन्दा बढी घरमा आगजनी हुनुका साथै सवारी साधन, मोटरसाइकल र बाली नष्ट भएको बताइएको छ ।