३ माघ २०७८, सोमबार

बाह्रवर्षे मेलाका लागि सिङ्गारियो पनौती

  प्रकाशित मिति
२९ पुष २०७८, बिहीबार ०८:४६


photo: rss

काभ्रेपलाञ्चोकको पनौतीस्थित त्रिवेणीघाट क्षेत्र हिजोआज सबैजनाको गन्तव्य बनेको छ । त्यहाँ रहेका मन्दिर, खोला, पाटीपौवा र धर्मस्थलमा ङगरोगन तथा सरसफाइ मात्रै होइन, अन्य भौतिक पूर्वाधारसमेत निर्माण गरिएपछि पनौती आसपासका सर्वसाधारण त्रिवेणीघाटको फेरिएको रुप हेर्न जाने गरेका छन् ।

ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र पनौतीमा बाह्र वर्षमा एक पटक लाग्ने मकर मेला यसवर्ष परेको छ । सो अवसरमा पनौती नगरपालिकाले भक्तजन र दशर्नार्थीको सहजतालाई ध्यानमा राखी पनौती त्रिवेणीघाटस्थलको भौतिक पूर्वाधारदेखि मठमन्दिरको जीर्णोद्वार तथा रङगरोगनको काम गरिरहेको छ । सो स्थल यतिबेला बेहुली झैं सिङगारिएको छ । बाह्रवर्षे मकर मेला सुरु हुन अब दुई दिन मात्रै बाँकी छ ।

पनौती घुम्न पुगेका रामेछाप सदरमुकाम मन्थलीका कृष्ण श्रेष्ठले विगतको मेलामा भन्दा यस पटक धेरै व्यवस्थित गरिएको पाएको बताउनुभयो । ‘पहिला शौचालय र बाटोघाटोको समस्या थियो’, उहाँले भन्नुभयो, ‘यसपटक सबैकुरा व्यवस्थित पारिएको छ ।’ एक महिना अगाडिदेखि सो क्षेत्रको सरसफाइ, भौतिक पूर्वाधार निर्माण र रङगरोगनको काम अघि बढाइएको वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले बताउनुभयो ।

पछिल्लो समय कोरोना सङ्क्रमण पुनःबढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय र पनौती नगरपालिकाले स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिकस्थलमा भीडभाड नगर्न सचेत गराएको छ । कम सङ्ख्यामा भक्तजनको उपस्थिति गराइ स्नान गरी दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । त्रिवेणीघाटमा मेला भर्न छिमेकी देश भारतबाट समेत साधुसन्त आइसकेका छन् । माघ महिनाभर लाग्ने सो मेलामा भारतीय तीर्थालुसमेत आउने गरेका छन् ।

त्रिवेणीघाटमा नुहाएर त्यहाँको जल हत्केलामा राखेर उत्तरपट्टी रहेको कुञ्जगिरी पर्वत अर्थात गोरखनाथडाँडास्थित गोरखनाथलाई चढाउँदा पुण्य मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ । नगरपालिकाले मकर स्नानका लागि लीलावती र पुण्यमाता खोलाको पानी कुलोमार्फत बाहिर फालेर पिउनयोग्य तथा स्नान गर्न मिल्ने बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको हृदयाघातका कारण निधन भएको छ । पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुले आइतबार राति

हेमन्त केसी, जाजरकोट जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा

तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको