जापानको कोबे शहरमा नेपाली विद्यार्थी मृत फेला

जापानको कोबे शहरमा नेपाली विद्यार्थी मृत फेला


symbolic image

  • जापान प्रतिनिधि

जापानको कोबे शहरमा अध्ययनरत एक नेपाली विद्यार्थी आफ्नै कोठामा मृत फेला परेका छन् ।

बुधबार (जनवरी १२ तारिख) बिहान विश्वविद्यालयको दोस्रो तहमा अध्ययनरत बागलुङ घर भएका किरण खड्का आफनै कोठामा मृत फेला परेका हुन् ।

कोबे शहरको सुमियोसीमा बस्दै आएका २२ वर्षीय खड्कालाई आफ्नै कोठामा बुधवार बिहान मृत अवस्थामा फेला पारिएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने स्थानीय प्रहरीले जनाएको छ ।