आठ साताभित्र युरोपको आधा जनसङ्ख्यामा कोभिड फैलिनसक्ने डब्लूएचओको चेतावनी

आठ साताभित्र युरोपको आधा जनसङ्ख्यामा कोभिड फैलिनसक्ने डब्लूएचओको चेतावनी


विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले आगामी आठ साताभित्र युरोपको आधाभन्दा बढी जनसङ्ख्या कोभिड सङ्क्रमित हुने चेतावनी दिएको छ ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमण दर ह्वात्तै बढिरहेका बेला डब्लूएचओको चेतावनी आएको हो ।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले जनाएका छन् । सन् २०२२ को पहिलो साता सम्पूर्ण युरोपमा ७० लाख नयाँ सङ्क्रमित भेटिएका छन् ।

भाइरस पश्चिमा देशहरूबाट बाल्कन्सतर्फ फैलिँदै गर्दा युरोप र मध्यएसियाली देशहरू तीव्र चापमा परेको क्लुगीको भनाइ छ ।