मलाइकासँग दूरी बढाउँदै अर्जुन कपूर

मलाइकासँग दूरी बढाउँदै अर्जुन कपूर


बलिउड अभिनेता अनिल कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीले बेला बेलामा आफूहरूबीचको सम्बन्धका बारेमा सार्वजनिक कुरा गरिरहन्छन् । तर, अहिले यो जोडीबीच दूरी बढ्दै गएको छ । उनीहरूनिकट स्रोतका अनुसार उनीहरू आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेका छन् ।

मलाइका ६ दिनयता घरबाट बाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेसनमा छिन् । उनी दुःखी छिन् र केही समयका लागि बाहिरी दुनियाँबाट टाढा रहन चाहन्छिन् । अर्जुन पनि मलाइकालाई भेट्न उनको घर गएका छैनन् ।

अर्जुन तीन दिनअघि मात्र बहिनी रिहा कपुरको घर डिनरका लागि पुगेका थिए । जबकी रिहा मलाइकाको छिमेकी हुन् । डिनरपछि पनि अर्जुन मलाइकालाई भेट्न गएनन् । अक्सर डिनर भेटमा मलाइका रिहासँग भेट्न जाने गर्थिन् । ‘उनीहरूले कफी डेट र डिनर डेटलाई अहिले रोकेका छन् । त्यसकारण पनि उनीहरूबीच केही खटपट छ भन्ने प्रष्ट हुन्छ,’ वलिउडमा चर्चा छ ।