कोरोना संक्रमितको संख्या १० हजार नाघ्दा जापान आपतकालीन चरणमा प्रवेश

कोरोना संक्रमितको संख्या १० हजार नाघ्दा जापान आपतकालीन चरणमा प्रवेश


  • जापान प्रतिनिधि

तीन वटा प्रान्तमा मात्र अर्ध आपतकालिन उपाय लागू गरिए पनि संक्रमित संख्याको आधारमा जापान आपतकालिन चरणमा प्रवेश गरेको छ ।

जनवरी १२ तारिख जापानमा बुधबार साँझ ५ बजेसम्ममा कोरोना भाइरसबाट संक्रमितको संख्या १० हजार नाघेको छ । सरकारी श्रोतहरुलाई उद्धृत गर्दै एनएचके समाचार संस्थाले गत सेप्टेम्बर महिनाको ९ तारिखपछि पहिलो पटक देशमा एकैदिन कोरोना संक्रमितको संख्या १० हजार नाघेको उल्लेख गरेको छ ।

राजधानीसहित देशका मूख्य शहरी क्षेत्रहरु कोभिड महामारिको चरणमा प्रवेश गरेको संक्रमण संख्याले देखाएको छ ।