३ माघ २०७८, सोमबार

अभिषेक बच्चनलाई इशाले ‘भाइ’ नजरले हेरेपछि…

  प्रकाशित मिति
२८ पुष २०७८, बुधबार १५:५७



बलिउड अभिनेत्री हेमा मालिनीले फिल्म उद्योगमा निकै लामो समय राज गरिन् । उनको सुन्दरताकै कारण जोकोहीले उनलाई ‘ड्रिम गर्ल’का रुपमा सम्बोधन गर्दै आए, अझै ड्रिम गर्ल मान्नेहरुको कमी छैन । अभिनेत्री धर्मेन्द्रसँग विवाह गरेकी हेमाका दुई छोरीमध्ये इशा देवल कुनै समय बलिउडमा सक्रिय थिइन् ।

हेमा आफूले रोजेकै केटासँग छोरी इशाले विवाह गरुन् भन्ने चाहन्थिन् । उनी अमिताभ बच्चनका छोरा अभिषेकलाई ज्वाइँ बनाउन चाहन्थिन् । हेमा र अमिताभले कैयौँ फिल्ममा सहकार्य गरेका छन् । अमिताभ हेमाका राम्रो साथी पनि हुन् । त्यहीकारण हेमा आफ्नो साथीत्वलाई पारिवारिक सम्बन्धमा रूपान्तरण गर्न चाहिन्थइन् । हेमा अभिषेकलाई नजिकबाट चिन्थिन् । किनकि अभिषेक संस्कारी र सबैलाई सम्मान गर्ने स्वभावका थिए । जुन कुराबाट हेमा प्रभावित थिइन् ।

तर, हेमाले सोचे जस्तो भइदिएन । इशा अभिषेकसँग विवाह गर्ने मामिलामा सहमत थिइनन्, त्यहीकारण पनि उनले विवाहलाई अस्वीकार गरिन् । किनकि इशा अभिषेकलाई एक भाइको रुपमा हेर्थिन् । यहीकारण उनले अभिषेकसँग विवाहको कुरा अस्वीकार गरिन् ।

इशाले बाल्यकालका साथीसँग विवाह गरिन् । उनका पति व्यापारी हुन् । यता अभिषेकले पूर्व मिसवर्ल्ड तथा अभिनेत्री ऐश्वर्या रायसँग विवाह गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेमन्त केसी, जाजरकोट जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा

तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो