जोखिम बढेपछि सऱ्यो एमालेको प्रदेश अधिवेशन

जोखिम बढेपछि सऱ्यो एमालेको प्रदेश अधिवेशन


नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ २८ र २९ गते सरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले यही पुस २३ गते ६१ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ भने १६ जिल्लाको अधिवेशन बाँकी छ ।

कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र सोही कारण सरकारले मंगलबारदेखि २५ जनाभन्दा बढी मानिस जम्मा गरेर कुनै पनि सभा, सम्मेलन, गोष्ठी नगर्न गरेको आग्रहलाई ध्यानमा राखेर अधिवेशन सारिएको एमालेले जनाएको छ ।