३ माघ २०७८, सोमबार

‘कुछ कुछ होता हे’मा काजोलले यसकारण लगाइन् हेयरबेण्ड

  प्रकाशित मिति
२६ पुष २०७८, सोमबार १०:२२


निर्माता करण जोहारको फिल्म ‘कुछ कुछ होता हे’ बलिउडको आइकनिक फिल्ममा पर्दछ । यो फिल्मलाई दर्शकले अहिले पनि उत्तिकै मन पराउँछन् ।

उक्त फिल्ममा प्रेम र दोस्तीसँगै कलेज जीवनलाई निकै रोमाञ्चक किसिमले प्रस्तुत गरिएको छ । फिल्मले बक्सअफिसमा कमाइको हरियो झण्डा मात्र गाडेन, फेसनको दुनियाँमा एउटा नयाँ ट्रेण्ड नै सेट गरिदियो । जुन फेसन शैली अहिले पनि उत्तिकै लोकप्रिय छ ।

फिल्ममा अभिनेता शाहरुख खान नेक चेन लगाएर युवतीहरुलाई फ्रेन्डसिप बेण्ड बाँध्ने चरित्रमा देखिएका छन् । यसमा अभिनेत्री काजोलको हेयर बेण्ड निकै लोकप्रिय भएको थियो । काजोलले आधा फिल्ममा हेयरबेण्ड लगाएकी छन् । उनले हेयरबेण्ड लगाउनुको कारण आफ्नो लुक्सलाई पूर्णता दिन भने पक्कै थिएन । यसको कारण अर्कै थियो, जुन रहस्यलाई वर्षौंपछि करण जोहारले हालै मात्र खुलाएका छन् ।

हालै मात्र काजोल र करण अभिनेता रणवीर सिंहको शो ‘द बिग पिक्चर’मा उपस्थित भएका थिए । यो उपस्थितिमा करणले ‘कुछ कुछ होता हे’मा काजोलको हेयरबेण्डसँग जोडिएको एक रोचक कथा सुनाएका थिए । करणका अनुसार काजोलले आफ्नो कपालको समस्या समाधान गर्नका लागि हेयरबेण्ड लगाउनु परेको थियो ।

‘फिल्मको कथा अनुसार अञ्जलीले हेयरबेण्ड लगाउनुपर्ने अवस्था थिएन, तर काजोलको विगमा समस्या थियो, जुन समाधान भइरहेको थिएन । त्यहीकारण हेयरबेण्डको प्रयोग विगलाई ‘फिक्स’ गर्नका लागि गरिएको थियो । हेयरबेण्डका कारण विग सही स्थानमा रहेको थियो । यही एक्सिडेण्टल हेयरबेण्ड एक्सपेरिमेन्ट पछि गएर फेसन ट्रेण्डमा लोकप्रिय बन्यो’, करणले भनेका छन् । उक्त फिल्ममा रानी मुखर्जीको पनि अभिनय थियो, जसको चर्चा अहिलेसम्म पनि भइरहन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको हृदयाघातका कारण निधन भएको छ । पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुले आइतबार राति

कोभिड-१९ संक्रमित बलिउडकी दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन । मुम्बइको ब्रीच केण्डी अस्पतालमा उनको उपचार

सञ्चारकर्मी प्रिया अधिकारीले नयाँ गीत ‘मायाले बोलेर’ सार्वजनिक गरेकी छन् । सार्वजनिक भएको गीति भिडियोमा ‘मायाले बोलेर..’ बोलको गीतमा सञ्चारकर्मी

नेपाली सांगीतिक क्षेत्रमा रहेका अनेक चुनौतीका बाबजुद निकै परिश्रम र प्रयत्नपछि कलाकार एवम् गायक सुलिन शाक्यले आफ्नो पहिलो गीति एल्बम