१५ असार २०७९, बुधबार

नेपाल सांगीतिक संघमा पुनः मिलन मोक्तान

  प्रकाशित मिति
२६ पुष २०७८, सोमबार १०:१०


नेपाल सांगीतिक संघमा मिलन मोक्तान पुनः अध्यक्ष निर्वाचित भएका छन् । सांगीतिक संघको आइतबार भएको २२औँ साधारणसभाबाट मिलनको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । मिलन यसअघि पनि दुई कार्यकाल अध्यक्ष नै थिए ।

संघको उपाध्यक्षमा गायक तथा वाद्यवादक खर्कबहादुर बुढा र संगीतकार आशिष अविरल चयन भएका छन् भने महासचिवमा गीतकार सुमन बैरागी निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा संगीत संयोजक विनोदकुमार भुजेल र कोषाध्यक्षमा गायक विमल श्रेष्ठ छानिएका छन् ।

संघका सदस्यहरुमा नृत्यांगना आशा गौतम, गायिका सीता केसी, गायिका पूर्णिमा लामा, गायिका सूर्यकुमारी जोशी, गीतकार गणेश चौलागाईं, निर्देशक तथा कोरियोग्राफर राजीव बलामी, गायक खगेश्वर रञ्जितकार चयन भएका छन् । कानून व्यवसायी रमेश कोइराला निर्वाचन अधिकृत रहेको निर्वाचन मण्डलले चुनावी प्रक्रिया अगाडि बढाएका थिए ।

२०५६ सालमा लोकगायक कुमार बस्नेतको नेतृत्वमा स्थापना भएको यो संघमा रुबी जोशी, मीरा राणा, तारा थापा, कोमल वलीलगायतले नेतृत्व गरिसकेका छन् ।


9
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रविन्द्र यादव, नवलपरासी पश्चिम मनसुन सक्रिय भइरहेकै अवस्थामा नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं. ४ स्थित रामखण्ड खोलामा पानीको बहावलाई

राजन घिमिरे कलाकारितामार्फत आफ्नो पहिचान र उपस्थितिलाई बलियो बनाउँदै अगाडि बढेका अभिनेता हुन् राज कटुवाल । सिनेमाको नायक हुँदै चलचित्र

नेपाली रेफ्रीद्वय प्रज्वल क्षेत्री र किसन कन्हैया यादवले भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्

रामेश्वर राउत मातृदास खेतको रोपो मनको धोको जीवनको जुहारपसिना झुल्छन् धानका बाला मंसिरको मुहारखोलाको पानी आँखाका नानी बाउसे, रोपारब्याडे र