३ माघ २०७८, सोमबार

भक्तपुर एमाले अध्यक्षमा देउजा

  प्रकाशित मिति
२४ पुष २०७८, शनिबार १८:०४


हमतिमै टुङ्गियो १०५ सदस्यीय

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको आठौँ जिल्ला अधिवेशनमा बचन देउजाको अध्यक्षतामा १०५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

शनिबार साँझ सम्पन्न अधिवेशनले एमाले भक्तपुर जिल्ला अध्यक्षमा बचन देउजा, उपाध्यक्षमा वासुदेव थापा, सचिवमा मोहनवीर श्रेष्ठ, उपसचिवमा दामोदर दङ्गाल र मिलन सुवाललाई सर्वसम्मत चयन गरेको निर्वाचन समितिका सयोजक शिवराम तिमल्सिनाले जानकारी दिए ।

बन्दसत्रभन्दा बाहिर बसेको केन्द्रीय नेतासमेतको टोलीले छलफल गरी तय गरेर ल्याइएको नाम एमाले पोलिब्यूरो सदस्य एवं बन्दसत्रका अध्यक्ष महेश बस्नेतले नाम पढेर सनाएका र कसैले विरोध नगरेपछि सर्वसम्मत भएको बन्दसत्रमा सहभागी एक नेताले जानकारी दिए ।

टोलीले बाहिरबाटै मनोनित हुने १७ जना र सल्लाहकार समितिको समेत नाम टुङ्ग्याएर ल्याएको र शनिबार नै शपथग्रहणपछि बस्ने पहिलो जिल्ला कमिटी बैठकले उक्त नामलाई अनुमोदन गर्ने कार्यक्रम तय भएको बन्दसत्रमा सहभागी नेताले जानकारी दिएका छन् । जिल्ला अध्यक्षमा बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापा र सचिवमा मदनसुन्दर श्रेष्ठले दाबी गर्दै आए पनि हिजो र आज बन्दसत्रका अध्यक्ष एवं एमाले पोलिटब्यूरो सदस्य बस्नेत, एमाले केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसाद मिश्र, प्रदेश सदस्य राजेन्द्र राजथलालगायतको अथक प्रयासले सर्वसम्मत नेतृत्व चयन गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेमन्त केसी, जाजरकोट जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा

रौतहटमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा जिल्लाको नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह

तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको