३ माघ २०७८, सोमबार

‘लायन’मार्फत नवौँ पटक भिलेन क्यारेक्टरमा देखिँदैछन् शाहरुख खान

  प्रकाशित मिति
२३ पुष २०७८, शुक्रबार १५:०३


अभिनेता शाहरुख खान यतिबेला आफ्नो फिल्म ‘पठान’ र इधर एटलीको ‘लायन’को सुटिङमा व्यस्त छन् । फिल्म ‘लायन’मा उनी भिलेनको चरित्रमा देखिँदैछन् । बलिउडका फिल्ममा शाहरुख भिलेन चरित्रमा देखिएको यो नवौँ फिल्म हुनेछ । यो फिल्म लोकप्रिय वेब सिरिज ‘मनी हाइस्ट’का प्रोफेसर जस्तो एक ठूलो डकैतको कथामा आधारित छ ।

‘लायन’मा शाहरुख दोहोरो चरित्र अर्थात बाबु-छोराको भूमिकामा देखिनेछन् । फिल्ममा छोरा शाहरुखले एक मेट्रो टेनको अपहरण गर्नेछन् । फिल्मको यो प्रमुख सिक्वेन्सलाई गत वर्षको अक्टोबरमा पुणेमा छायांकन गरिएको थियो । यसको अर्को सिक्वेन्स चेन्नइमा यो वर्ष खिचिनेछ । यद्यपि छोरा आर्यनको मुद्दा र भारतमा बढ्दो ओमिक्रोन लहरले सुटिङ पुनः सुरु हुन सकेको छैन ।

दक्षिण भारतीय फिल्म व्यापार विश्लेषक रमेश वालाका अनुसार चार वर्षअघि इधर र शाहरुखको भेट फिल्म ‘मरसल’ रिलिजपछि भएको थियो । शाहरुखलाई यो फिल्ममा थलापति विजयको काम र एटलीको निर्देशन कला मनपरेको थियो । त्यहीकारण शाहरुखले एटलीसँग सहकार्य गर्ने इच्छा देखाएका थिए ।

‘लायन’को सहनिर्मातामा करण जोहर छन् । करण दक्षिण भारतीय फिल्मका निर्माता र नयाँ स्टारप्रति सधैं चासो राख्छन् । रमेशले एटलीलाई कुनै पनि कलाकारलाई दोहोरो अथवा तेहोरो चरित्रमा देखाउन सक्ने क्षमता रहेको दाबी गरे । चेन्नइमा सुटिङ गरिने भनिएको फिल्म कोभिड महामारीको अवस्थालाई मध्यनजर गर्दै हैदराबादको रामोजी स्टुडियोमा गर्ने तयारी भइरहेको छ । किनकि तेलंगानामा कोभिड प्रतिबन्धको प्रावधान केही नरम छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय कत्थक सम्राट पण्डित बिर्जु महाराजको हृदयाघातका कारण निधन भएको छ । पद्म विभुषणबाट सम्मानित ८३ वर्षीय बिर्जुले आइतबार राति

कोभिड-१९ संक्रमित बलिउडकी दिग्गज गायिका लता मंगेशकरको स्वास्थ्य अवस्थामा अझै सुधार आएको छैन । मुम्बइको ब्रीच केण्डी अस्पतालमा उनको उपचार

सञ्चारकर्मी प्रिया अधिकारीले नयाँ गीत ‘मायाले बोलेर’ सार्वजनिक गरेकी छन् । सार्वजनिक भएको गीति भिडियोमा ‘मायाले बोलेर..’ बोलको गीतमा सञ्चारकर्मी

नेपाली सांगीतिक क्षेत्रमा रहेका अनेक चुनौतीका बाबजुद निकै परिश्रम र प्रयत्नपछि कलाकार एवम् गायक सुलिन शाक्यले आफ्नो पहिलो गीति एल्बम