संसारकै जेष्ठ महिलाले मनाइन् ११९औँ जन्मदिन

संसारकै जेष्ठ महिलाले मनाइन् ११९औँ जन्मदिन


विश्वकै सबैभन्दा वृद्ध जापानी महिला तानाखा कानेले आफ्नो ११९औँ जन्मदिन मनाएकी छन् ।

सन् १९०३ को जनवरी २ का दिन जापानको फुकुओका प्रान्तको सिमे नगरमा जन्मिएकी तानाखा हाल फुकुओकास्थित जेष्ठनागरिक स्याहर केन्द्रमा रहँदै आएकी छन् । १२० वर्षसम्म बाँच्ने चाहना राखेकी तानाखा हाल संसारकै सबभन्दा जेष्ठ उमेरकी जीवित मानिस हुन् ।

तानाखा सन् २०१९ मै गिनिज बुकको रेकर्डमा सबैभन्दा धेरै उमेर बाँच्ने व्यक्तिको रुपमा सुचिकृत भएकी थिइन् । आफ्नो परिवार भए तापनि उचित स्याहारसम्भार प्राप्त होस् भन्ने उद्देश्यले स्याहारकेन्द्रमा रहँदै आएकी तानाखा हिजोआज भने इसारामा मात्र सम्वाद गर्ने गर्दछिन् ।