नो किस, चान्स छैन:नन्दिता केसी-राजन घिमिरे

नो किस, चान्स छैन:नन्दिता केसी-राजन घिमिरे


कछुवाको तालमा नेपाली सिनेमा उद्योगमा प्रवेश गरेकी नन्दिता केसीले यतिबेला खरायोको जस्तो चालसरी सफलता हात पारेकी छिन् । विशेष गरेर युवा पुस्ताका कथामाथि आधारित चलचित्रहरू बन्ने भए भने निर्माता/निर्देशकहरू पहिले नन्दितालाई खोज्छन् । आजभोलि निकै डिमान्डमा परेकी छिन् नन्दिता ।
० केटाहरूको कुन कुराले आकरि्षत गर्छ ?
– उसले लगाउने डे्रस र पर्सनालिटीले ।
० केटाहरूको अङ्ग वा सौन्दर्यको सामाग्री हुन पाए के बन्नुहुन्थ्यो ?
– सौन्दर्यको सामग्री त बन्दिनँ, किनभने केटाहरूले सौन्दर्यको सामग्री त्यति प्रयोग गर्दैनन् । तै पनि उनीहरूको उचाइ भने मलाई राम्रो लाग्छ । बन्न चाहँे भने उचाइ नै बन्न चाहन्थेँ ।
० फेरि १६ वर्षको हुन पाए ?
– यदि १६ वर्षको हुन भए स्कुले जीवनमा फर्कन्थँे । न त कुनै टेन्सन न त कुनै
पीर † विन्दास जीवन क्या आनन्द ।
० फ्यानहरूबाट किसको प्रस्ताव आएमा ?
– सीधै भनिदिन्छु कि नो किस, चान्स छैन ।
० सुहागरात भनेको के होला ?
– श्रीमान्-श्रीमतीबीचको पहिलो रात हो । त्योभन्दा बढी नसोध्नुहोला नि ।
० जीवनमा साहै्र लाज लाग्ने कुरा ?
– सिनेमामा धेरै नाचे तापनि कहिलेकाहीँ परिवारसँग बस्दा पनि नाच भन्छन् । त्यो बेलामा नाच्न सक्दिनँ ।
० भगवान् प्रकट भएर एउटा वर माग, पुर्याइदिन्छु भनेमा के माग्नुहुन्थ्यो ?
– आम्मै, साहै्र जटिल प्रश्न सोध्नुभयो । माग्नुपर्ने त धेरै थियो । पछि सोचेर भनौँला नि हुन्न र ?
० एकान्तमा कुनै बद्मास केटोको फेला परियो भने के गर्नुहुन्छ ?
– मैले के गर्नु नि † जे गर्छ उसैले गर्ला नि । त्यो पनि एकान्तमा । सोच्दाखेरि पनि डर लाग्छ ।
० राति सुत्दा के लगाएर सुत्नुहुन्छ ?
– यसबारेमा धेरै जवाफ किन दिनु, म वनपिसमा नै सुत्छु ।
० राति सपनामा कस्ता-कस्ता पुरुषहरू आउँछन् नि ?
– सपनाको के कुरा गर्नु खै । विपनामा आउन खोज्नेहरू त असफल भए, सपनामा किन आउनु ?

अब करिश्मा यतै
अब नायिका करिश्मा मानन्धरलाई ‘एक जमानाकी सुन्दरी नायिका’ भनेर भन्दा उनीमाथि अपमान हुने कुरा करिश्माका प्रशंसकहरूले दाबी गर्न थालेका छन् । ‘एक जमानाकी मात्र होइन करिश्मा त अहिले पनि उत्तिकै सुन्दर र राम्री छिन्,’ उनका फ्यानहरूको दाबी छ ।
प्रसङ्ग यसै हप्ताको हो । यो साता राजधानीमा आयोजित एक कार्यक्रममा सो कार्यक्रमको भन्दा नायिका करिश्मा मानन्धरको सुन्दरताको बखान र वर्णन गर्नेहरूको सङ्ख्या धेरै भएपछि कार्यक्रम आयोजक नै रुष्ट हुन पुगेका थिए । उनी सुटुक्क भन्दै थिए, ‘कार्यक्रममा मैले बोलाउने तर बखान करिश्माको गर्ने -‘ उनको प्रश्न थियो, ‘करिश्माको सुन्दरताको बखान गर्ने हो भने उनकै घरमा गएर गरे भइगो नि ।’
हुन पनि हो, रातो पहिरनमा सजिएर कार्यक्रमको हलमा प्रवेश गरेकी करिश्माको प्रवेश हुनासाथ भाषण गरिरहेका आयोजकतिर तेरि्सएका क्यामेराहरू एकैपटक करिश्मातिर तेरि्सएका थिए । यो थाहा पाएपछि भाषण नै बीचमा रोकेर आयोजक आफैं पनि करिश्माको स्वागत गर्न स्टेजबाट दर्शकदर्ीघातिर ओर्लिएका थिए ।
अभिनय र सुन्दरताको हिसाबले लामो समयदेखि एउटै रफ्तारमा आफ्नो उपसिथति दह्रो बनाउन सफल करिश्मा अब नेपालमा नै बस्ने थाहा पाएपछि सिनेकर्मीहरूमा कुतूहलता पनि उब्जिएको थियो । केही समयअगाडि नेपाल र अमेरिका गर्दै दुवै ठाउँमा बस्ने सोच बनाएकी करिश्मा अब दिगो रूपमा भने नेपालमा नै बस्ने भएकी छिन् । यति मात्र होइन, अब उनी सिनेमा निर्माण गर्ने सोचमा पनि पुगेकी छिन् । ‘मैले अहिलेसम्म जे पाएँ अनि जहाँ पुगेँ, त्यो सबै नेपाली सिनेमा र नेपाली दर्शकहरूकै हात हो । अभिनयबाहेक मैले के नै जानेकी छु र । त्यसैले यही क्षेत्रमा अबका समय बिताऊँ भन्ने सोच बनाएकी छु,’ करिश्माले भनिन् ।

धमला म्युजिक भिडियोमा
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले डेढ दशकभन्दा लामो पत्रकारिता यात्रासँगै साङ्गीतिक अभिनयको नयाँ विधामा प्रवेश गरेका छन् । शान्तिको पक्षमा गाइएको राष्ट्रिय गीतमा अभिनय सुरु गरेका पत्रकार धमलाको भूमिकालाई राष्ट्रकवि तथा नागरिक समाजका व्यक्तित्वहरूले मुक्तकण्ठले प्रशंसा गर्दै सफलताको शुभकामना दिएका छन् ।
पहिलोपटक राष्ट्रिय गीतको म्युजिक भिडियोमा अभिनय गरेका पत्रकार धमलाले भावी राजनीतिक उद्देश्यका लागि आफ्नो अभिनयलाई प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्दै शान्तिका लागि तयार भएको गीतमा अभिनय गर्न पाएकोमा आफूलाई गर्वको महसुस भएको बताए । राष्ट्रकवि घिमिरेले पत्रकार धमलाको अभिनय विधामा प्रवेश उत्साहजनक भन्दै त्यही कारण आफू कार्यक्रममा हौसला बढाउन उपस्थित भएको बताए । उनले शान्ति र सहमतिका पक्षमा रिपोर्टर्स क्लबबाट खेलेको भूमिकाको प्रशंसा गर्दै अभिनयमार्फत राष्ट्रिय गीतमा आएकोमा बधाई दिए ।
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि पत्रकार धमलाको अभिनय यात्रा सुरु भएकोमा बधाई दिएँ । शान्ति र लोकतन्त्रको पक्षमा पत्रकार धमलाले पुर्याएको योगदानलाई अभिनेताद्वयले प्रशंसा गरेका थिए ।

पोखरा छाडेर कुशल काठमाडौंतिर
हुन त पोखरा आफैंमा सुन्दर नगरी हो । यो सुन्दर नगरीबाट नेपालमा कला, साहित्य, चलचित्र अनि गीत-सङ्गीत क्षेत्रमा प्रवेश भएका थुप्रै कलाकर्मीले रामै्र नाम कमाएका छन् भने स्थान पनि बलियो बनाएका छन् ।
अझै पनि पोखराबाट नेपाली कलाकारिता क्षेत्रमा प्रवेश गर्नेहरूको सङ्ख्यामा कमी आएको छैन । नौलो उत्साह, उमङ्ग अनि केही गरौँ भन्ने जाँगर बोकेर पोखराकै एक उत्साही युवक कुशल थापा सिनेमा क्षेत्रमा प्रवेश गरेका छन् ।
नेपाली सिनेमा क्षेत्रमा नायकहरूको अभाव खट्किरहेको अवस्थामा देखापरेका कुशललाई सिनेमाको पर्दामा नायकको रूपमा पहिलोपटक अवसर भने निर्देशक शोभित बस्नेतले दिएका हुन् । ‘म यो कुरामा भाग्यमानी ठान्छु कि पहिलोपटक नै मैले शोभित बस्नेतजस्तो सफल र स्थापित निर्देशकको फिल्ममा काम गर्ने अवसर पाएँ,’ कुशल दङ्ग छन् ।
mस्कुशल अब निरन्तर रूपमा सिनेमामा काम गर्ने सोचमा पुगेका छन् । शोभित बस्नेतको चलचित्र ‘कन्यादान’मार्फत नायकको रूपमा देखापरेका उनले त्यसपछि काम गरे भुल्नै सकिन र सिन्दुरमा । असार ३१ गतेदेखि प्रदर्शनमा आउने कन्यादानपछि आफ्नो माग अझै बढ्ने कुराप्रति उनी विश्वस्त छन् । ‘साँच्चै † चलचित्र कन्यादानमा भूमिका पनि मैले गजवकै पाएको छु । मलाई लाग्छ, यो चलचित्र बजारमा मलाई स्थापित गर्ने चलचित्र बन्नेछ,’ कुशलले बताए ।
पोखरामा स्थायी बसोबास गर्ने कुशल चलचित्र क्षेत्रमा जम्नकै लागि अब काठमाडौंमा बढी मात्रामा बस्ने कुरा बताउँछन् । ‘खै के गर्ने – सिनेमा क्षेत्रमा स्थापित हुन केही समय त परिवार पनि छाड्नैपर्यो नि होइन र -‘ उनको ठम्याइ छ ।

पलेँटीमा रविन शर्मा
नेपालयको ‘आर’शालामा हरेक अङ्ग्रेजी महिनाको अन्तिम शुक्रबार हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेँटीमा यसपालि रविन शर्माको स्वर गुञ्जने भएको छ । नेपाली आधुनिक सङ्गीतको तेस्रो पुस्ताका प्रतिनिधि गायकमध्येका रविन सन् ८० दशकको सुरुवातदेखि सङ्गीतमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ । उहाँका लोकप्रिय गीतहरूकोे सङ्ख्या मनग्य छ, जसमध्ये ‘वसन्तले सजिएकी मेरी मायालु’, ‘तिमी यसै लजायौ’, ‘जुनीजुनीलाई’, ‘हर्षले मन मेरो’, ‘आफैँलाई भार भयो’, ‘ऐनैऐनाको रहेछ’ आदि अत्यन्त लोकप्रिय गीतहरू हुन् । यसबाहेक चलचित्र ‘वासुदेव’का निम्ति रेकर्ड भएको रञ्जित गजमेरको सङ्गीत ‘कुन मन्दिरमा जान्छौ यात्री’ले रविनलाई स्तरीयताको उचाइ प्रदान गरेको हो ।

निर्झर दिलचेत काव्य सम्मान प्रदान
निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न एक समारोहमा प्रमुख अतिथि संस्कृतिमन्त्री डा. मीनेन्द्र रिजालले ०६६ सालको निर्झर दिलचेत काव्य सम्मान वरिष्ठ साहित्यकार रत्नशमशेर थापा र निर्झर दिलचेत जागरण सम्मान युवा साहित्यकार जयदेव भट्टराईलाई प्रदान गर्नुभयो । प्रमुख अतिथि मन्त्री रिजालले श्रष्टाद्वयलाई सम्मान र उपस्थितलाई सम्बोधन गर्दै साहित्यकार र उनीहरूद्वारा सिरि्जत रचनाहरू राष्ट्र र मानव समाजका लागि अमूल्य निधि भएकाले युगौंयुगसम्म रहिरहने बताउनुभयो । साहित्य, कला र संस्कृतिका माध्यमबाट राष्ट्र र समाजको हितमा निरन्तर सिर्जनात्मक कार्य गर्दै आएकोमा मन्त्री रिजालले निर्झर दिलचेत वाङ्मय प्रतिष्ठानको प्रगतिको कामना गर्नुभएको थियो ।
प्रा.डा. पद्मप्रसाद देवकोटाको सभापतित्वमा सम्पन्न उक्त सम्मान समारोहमा प्रा.डा. कृष्णहरि बरालले सम्मानित व्यक्तित्व रत्नशमशेर थापा र डा. लक्ष्मणप्रसाद गौतमले जयदेव भट्टराईको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो । संस्थाका संरक्षक डा. मीनबहादुर राउत, वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्मा, डा. विमल कोइराला, कृष्णप्रसाद पराजुली, ललितकला प्रतिष्ठानका कुलपति वरिष्ठ कलाकार किरण मानन्धर, रामप्रसाद दाहाल, शैलेन्द्र साकार, डा.अभि सुवेदी, डा. कृष्णजंग राणा, चन्द्रकला नेवा:लगायतका श्रष्टा व्यक्तित्वहरूले कार्यक्रमको महत्त्वमाथि आ-आफ्ना धारणा राख्नुभएको थियो । प्रतिष्ठानका संस्थापक अध्यक्ष कवि रामेश्वर राउत मातृदासले प्रतिष्ठानको संस्थापनाकादेखि नै नेपाल र नेपाली समाजमा शान्ति, सहिष्णुता र समग्र समृद्धिका लागि वाङ्मय सेवाको माध्यमबाट अविछिन्न रूपमा काम गर्दै आइरहेको जानकारी गराउँदै आफूले ०६४ सालमा पाएको ‘मोती’ पुरस्कारको रमकलाई निर्झर दिलचेत काव्य सम्मान र निर्झर दिलचेत जागरण सम्मानका रूपमा वाङ्मय सेवामा समर्पित श्रष्टा व्यक्तित्वहरूलाई हरेक साल सम्मान गर्दै आएको बताउनुभयो ।
उक्त अवसरमा प्रा.डा. टीकाराम अधिकारी, डा. कृष्णजंग राणा, डा. बमबहादुर थापा जिताली, कृष्णप्रसाद बस्याल, रामबहादुर पहाडी, शैलेन्द्र साकार, भुवनहरि सिग्देल, ज्ञानु गैरेलगायतका श्रष्टाहरूले गीत, कविता, गजल वाचन गर्नुभएको थियो । कार्यक्रम किस्ट कलेजको सभाकक्ष, कमलपोखरीमा सम्पन्न भएको थियो । साहित्यकार यादव भट्टराईले सञ्चालन गर्नुभएको उक्त समारोहमा राजेशकुमार थापाले उपस्थिति सबैलाई स्वागत मन्तव्य दिनुभएको थियो ।
– मीना अधिकारी/प्रशिक्षार्थी