३ माघ २०७८, सोमबार

नेपाल-भारत समन्वय समिति बैठक आपराधिक क्रियाकलाप रोक्न केन्द्रित

  प्रकाशित मिति
१३ मंसिर २०७८, सोमबार ०९:२४



नेपाल-भारत समन्वय समितिको बैठक भारतको पिथौरागढमा सम्पन्न भएको छ । उक्त बैठकमा नेपाल र भारतका स्थानीय प्रशासन सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा छलफल भएको थियो । छलफलपछि दुवै देशका जिल्लाका अधिकारी सीमा क्षेत्रमा हुन सक्ने आपराधिक क्रियाकलाप रोक्ने विषयमा सहमत भएका जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

बैठकमा सीमा क्षेत्रमा हुन सक्ने मानव बेचबिखन रोकथाम, सीमा नाकाबाट हुनसक्ने लागुऔषधको कारोबार, झुलाघाट झोलुङ्गे पुल मर्मत, भारतसँग जोडिएका घाट व्यवस्थित गर्ने लगायतका विषयमा छलफल भएको हो ।

यस्तै दुई देशका नागरिक एकअर्को देशमा आवतजावत गर्दा परिचय खुल्ने कागज भए मात्रै प्रवेश गर्न दिने, सीमा क्षेत्रमा हुनसक्ने विभिन्न समस्या समाधानका लागि पहल हुने जनाइएको छ । यसका साथै पूर्वभारतीय सेनामा कार्यरत व्यक्तिलाई बैंकबाट प्राप्त हुने निरवृत्तिभरण लिने प्रक्रिया सहज गर्ने, आगामी दिनमा हुने स्थानीय निर्वाचनको समयमा सीमानाका बन्द गर्नेलगायतका विषयमा छलफल भएको हो ।

भारतको पिथौरागढमा हिजो आयोजित उक्त बैठक पिथौरागढ जिल्लाका जिल्ला अधिकारी डा. आशिष चौहानको पहलमा सम्पन्न भएको हो । बैठकमा नेपालका तर्फबाट बैतडी र दार्चुला प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र भन्सार कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेय, जिल्ला प्रहरी कार्यालयका प्रमुख रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाह, महाकाली भन्सार कार्यालयका प्रतिनिधिका साथै दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र सुरक्षा निकायका प्रमुखकोसमेत बैठकमा सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेमन्त केसी, जाजरकोट जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा

तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो