३ माघ २०७८, सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री र प्रधानसेनापतिबीच भेटघाट

  प्रकाशित मिति
१३ मंसिर २०७८, सोमबार ०६:०१



गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच आइतबार भेट भएको छ । मुख्यमन्त्री कार्यालयमै दिउँसो भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

बताइएअनुसार मुख्यमन्त्री पोखरेलले मुलुकको हितमा नेपाली सेनाले निभाउँदै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । कतिपय मुलुकमा सेनाको हस्तक्षेप र महत्वाकांक्षाका कारण राजनीति अस्थिरता र उथलपुथल भए पनि नेपालमा सुरुदेखि नै नेपाली सेनाले संयमित भएर परिवर्तनलाई स्वीकार्दै कर्तव्य निभएको भनाइ राखे ।

कोरोनाकाल, प्राकृतिक विपत्तीका बेला नेपाली सेना जहिल्यै पनि अग्रपंक्तिमा खटिएको भन्दै उनले सिमित स्रोत र साधनका बीच सेनाले नागरिकको सेवामा खटिएको उनले स्मरण गरे ।

प्रधानसेनापति शर्माले नेपाली सेना जहिल्यै राष्ट्रहितमा लागीपरेको भन्दै विकास झ्निर्माणका साथै मुलुकलाई चाहिएको खण्डमा हरदम सेवामा तत्पर रहेको भनाइ राखे । गण्डकी प्रदेशबाट नेपाली सेनामा भर्ती हुनेको संख्या अधिक रहेको र आफ्ना पिता पुर्खासमेत कस्केली रहेको उनले मुख्यमन्त्रीसँगको भेटमा बताए । आफू जिम्मेवारीमा आएपछि सबै प्रदेशको वस्तुस्थिति बुझ्नका लागि भ्रमण थालेको उनले जानकारी गराए ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा अब पुरानो विमानस्थलको प्रयोगका बारेमा सोच्ने बेला आएको उनले बताए । पर्यटकीय केन्द्र पोखरामा साहसिक पर्यटन र आकश्मिक अवतरणका लागि उक्त स्थल खाली नै राख्नुपर्ने भन्दै उनले त्यसमा कुनै खालका संरचना नबनाउनका लागि अनुरोध गरे । विपत्तिका बेला बच्नका लागि पनि सहरमा ठूलो स्थान चाहिने भएकाले अहिलेको विमानस्थलको जमीन बचाइराख्नुपर्ने उनको सुझाव थियो । आइतबार मनाङ हुँदै पोखरा आएका उनले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पनि भेट गरेका थिए । उनी सोमबार मुस्ताङ जाँदैछन् ।

उक्त अवसरमा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रदेश सरकार र सुरक्षा निकायबबीचको सम्बन्धका बारेमा जानकारी गराए । भेटमा बिना विभागीय मन्त्री डोवाटे विक, प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी, नेपाली सेना पश्चिम कमान्ड प्रमुख उपरथि बाबुराम श्रेष्ठसहित सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हेमन्त केसी, जाजरकोट जाजरकोट भूकम्पको उच्च जोखिममा रहेको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले पहाडी जिल्ला जाजरकोटमा

तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७

नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ । दिउँसो