धादिङ कांग्रेसको नेतृत्व अधिकारीको काँधमा

धादिङ कांग्रेसको नेतृत्व अधिकारीको काँधमा


  • विकास रौनियार, धादिङ

नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । पार्टीको जिल्ला अधिवेशनका क्रममा भएको निर्वाचनमा देउवापक्षीय उम्मेदवार भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै पौडेलपक्षीय अधिकारी विजयी भएका हुन् । अधिकारीलाई १,०८२ मत प्राप्त भएको छ ।

यसैगरी, जिल्ला कार्यसमितिको उपपसभापतिद्वयमा गेहेन्द्र मल्ल र दलबहादुर अधिकारी, सचिवद्वयमा विकास श्रेष्ठ र रामृष्ण पाण्डे, सह सचिवद्वयमा नवराज तिमल्सिना र विजयकुमार तामाङ निर्वाचित भएका छन् ।

जिल्ला कार्यसमितिका सदस्यमा अश्विन लम्साल, बाबुकृष्ण सापकोटा, राम्री नेपाली, गोविन्द कुँवर र विष्णुबहादुर नेपालीलगायत निर्वाचित भएका छन् । कांग्रेसको महासमिति सदस्यका लागि क्षेत्र नम्बर २ बाट दिलमान पाख्रिन, भीमप्रसाद ढुङ्गाना, रमेश धमला, रामनाथ अधिकारी, डा. राजाराम कार्की, देवीकुमारी बुर्लाकोटी, कल्पना अधिकारी र राजन बुर्लाकोटी निर्वाचित भएका छन् ।

ज्ञातव्य छ, अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, निवर्तमान उपसभापति भक्त लामालगायतले साथ दिएका थिए । यस्तै, ढुंगानालाई पूर्व कानूनमन्त्रीसमेत रहेका नेता दिलमान पाख्रिन, तिलक रूवालीलगायतको सहयोग रहेको थियो ।