एमाले पदाधिकारीमा को-को प्रस्तावित ?

एमाले पदाधिकारीमा को-को प्रस्तावित ?


भीम रावलद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता

नेकपा (एमाले)को सौराहामा जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गएरातिको बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश गरेका छन् ।

अध्यक्ष ओलीद्वारा बन्दसत्रमा १९ पदाधिकारी एवम् ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाइएको थियो ।

प्रस्तावित उन्नाइस पदाधिकारीहरुमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल रहेका छन् भने उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, सुवास नेङ्वाङ र विष्णु पौडेल रहेका छन् ।

यसैगरी महासचिवमा शङ्कर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमालको नाम पैस्ताव गरिएको छ भने सचिवहरुमा टोपबहादुर रायमाझी, रघुविर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याल रहेका छन् ।

यसैक्रममा एमाले नेता भीम रावलले पार्टी अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै रावलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । केपीद्वारा प्रस्तावित पदाधिकारीको सूचिमा रावलको नाम अटाएको थिएन ।