नेका ललितपुरको सभापतिमा जितेन्द्र श्रेष्ठ निर्वाचित

नेका ललितपुरको सभापतिमा जितेन्द्र श्रेष्ठ निर्वाचित



नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ ६६५ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत प्राप्त गरे ।

शनिबार भएको १४औँ जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने दुई नेताबीच आइतबार पुनः मतदान भएको थियो ।